Techie IT
२०८२ वैशाख ८, सोमबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियओबेरोय ग्रुपका अध्यक्ष ओबेरोयकाे निधन, भारतमा होटल व्यवसायलाई दिएका थिए नयाँ दिशा

ओबेरोय ग्रुपका अध्यक्ष ओबेरोयकाे निधन, भारतमा होटल व्यवसायलाई दिएका थिए नयाँ दिशा


एजेन्सी । भारतका ओबेरोय समूहका मानद अध्यक्ष पृथ्वीराज सिंह ओबेरोयको मंगलबार ९४ वर्षको उमेरमा निधन भएको छ ।

भारतमा होटल व्यवसायलाई नयाँ दिशा दिनमा पीआरएस ओबेरोयको महत्वपूर्ण योगदान रहेको मानिन्छ ।

उनले सन् २०२२ मा इआइएच लिमिटेडको कार्यकारी अध्यक्ष र इआइएच एसोसिएटेड होटल्स लिमिटेडको अध्यक्ष पदबाट राजीनामा दिएका थिए ।

सन् २००८ मा भारत सरकारले पृथ्वीराज सिंह ओबेरोयलाई भारतको दोस्रो सर्वोच्च सम्मान पद्मविभूषणले सम्मान गरेको थियो । उनले भारतमा होटल व्यवसायलाई अगाडि बढाउन र यसलाई नयाँ दिशा दिनमा योगदान पुर्‍याएको थिए।

उनलाई अन्तर्राष्ट्रिय लक्जरी ट्राभल मार्केटमा लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो।

यस बाहेक उनलाई फोर्ब्स इन्डिया लिडरशिप अवार्ड, होटल्स (म्यागजिन) युएसए बाट कर्पोरेट होटलियर अफ द वर्ल्ड अवार्ड आदिबाट पनि सम्मानित गरिएको थियो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अमेरिकी उपराष्ट्रपति जेडी भान्स भारत आउँदै

एजेन्सी । अमेरिकी उपराष्ट्रपति जेडी भान्स र उनकी श्रीमती उषा भान्स आगामी साता भारत भ्रमणमा आउने भएका छन । उनले

गाजामा ६ महिना हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासद्वारा अस्वीप्कार

एजेन्सी । गाजामा छ हप्ता युद्धविरामका लागि हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासले अस्वीकार गरेको छ । इजरायलको योजनाले युद्ध

ट्रम्पले लगाए चिनियाँ बस्तुमाथि १४५ प्रतिशत आयातकर

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानलाई लक्षित गरी गरेको कर वृद्धिले धेरै उत्पादनमा १४५ प्रतिशत कर पुगेको छ

चीनको जवाफी कर नीतिले ट्रम्प आक्रोशित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको प्रतिकात्मक करको निर्णयप्रति आक्रोश व्यक्त गरेका छन् । चीनले ८४ प्रतिशत करको निर्णय

डोमिनिकन रिपब्लिकमा नाइटक्लबको छत भत्किँदा ७९ जनाको मृत्यु, १५० जना…

एजेन्सी । डोमिनिकन रिपब्लिकको राजधानी सान्टो डोमिङ्गोमा रहेको एक नाइटक्लबको छत भत्किँदा कम्तीमा ७९ जनाको मृत्यु भएको छ । दुर्घटनामा

इजरायली प्रधानमन्त्री र अमेरिकी राष्ट्रपतिबीच भेटवार्ता

एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्दै इजरायली वस्तुहरूमा लगाइएको करमा छुट दिन अनुरोध गरेका

Techie IT