एजेन्सी । सलमान खानको फिल्म ‘टाइगर ३’ ले दोस्रो दिन ५७.५० करोड कमाएको छ । यो कलेक्शन हिन्दी, तेलुगु र तमिल भाषाको बक्स अफिस संग्रहको संयोजन हो।
फिल्मले पहिलो दिन ४४.५ करोड भारुको उत्कृष्ट ओपनिङ गरेको थियो, जसमा फिल्मले तेलुगुमा १.१५ करोड र तमिलमा फिल्मको कलेक्शन १५ लाख थियो ।
योसँगै सलमानको फिल्मले दुई दिनमा कुल १०२ करोड कमाएको छ ।
सलमान खान र कट्रिना कैफ बाहेक ‘टाइगर ३’ मा इमरान हाश्मीले भिलेनको भूमिका निभाएका छन् ।
यी बाहेक फिल्ममा रेवती, रिद्धि डोगरालगायत धेरै कलाकारले दमदार भूमिका निर्वाह गरेका छन् ।
फिल्ममा शाहरुख खानले विशेष क्यामियो गरेका छन् । यो चलचित्र टाइगर फ्रेन्चाइजको तेस्रो चलचित्र हो, जसलाई दर्शकले अत्याधिक माया गरिरहेका छन् ।