गृहपृष्ठ ∕ नेपाल ∕ दियोबाट आगो सल्किँदा…दियोबाट आगो सल्किँदा… नेपालीपत्र सोमबार, २०८० कात्तिक २७ गते, ०९:१८ मा प्रकाशित नेपाल किमाथाङ्का । सङ्खुवासभा सदरमुकाम खाँदबारी नगरपालिका–१ हिमावी टोलमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ ।गए राति लक्ष्मी पूजा गरेको दियोबाट आगो सल्केर खाँदबारी–१ स्थित लिला राईको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए । आगलागीबाट राईको घर पूर्णरुपमा नष्ट भए पनि मानवीय क्षति भएको छैन ।आगलागीबाट राईको घरमा राखेका लत्ताकपडा र खाद्यान्न जलेको प्रहरी निरीक्षक लामिछानेले बताए । आगो नेपाली सेना, नेपाल प्रहरी र स्थानीयले एक घण्टापछि नियन्त्रण लिएको प्रहरी निरीक्षक लामिछानेले बताए ।आगलागीबाट नगद रु ३१ हजार पनि जलेको छ भने उनको घर परिसरमा पार्किङ गरी राखिएको एक अटो (टेम्पो)मा पनि आगोले क्षति पु¥याएको प्रहरीले जनाएको छ । आगलागीबाट कति क्षति भयो भन्ने विवरण आइनसकेको प्रहरीले जनाएको छ । ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार ९ महिनामा ६ लाख ७ हजारभन्दा धेरै युवा कामको लागि…काठमाडाैँ । चालु आर्थिक वर्षको ९ महिना काम खोज्दै ६ लाख ७ हजारभन्दा धेरै युवा विदेशिएका छन् । वैदेशिक रोजगार शिशिर स्मृति सम्मान डा. सुमन कर्माचार्यलाईबर्दिवास । ३०औँ राष्ट्रिय छन्द दिवसको अवसरमा शिशिर घिमिरे स्मृति प्रतिष्ठानले बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम विद्युत् सेवा पटक पटक अवरुद्ध हुँदा उपभोक्ता समस्यामाखोटाङ । दश स्थानीय तह रहेको जिल्लाका ९६ प्रतिशत घरपरिवार उपभोक्ताले विद्युत् उपभोग गरेको पाइएको छ । नेपाल विद्युत् प्राधिकरणले गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठको परम्पराम्याग्दी । धवलागिरि गाउँपालिका–३ मुनाका ७१ वर्षीय खड्कमान पुनको दैनिकी घुम्ती गोठमा बित्ने गरेको छ । परम्परागत रूपमा गाईपालन गर्दै सरकारलाई दबाब दिन विद्यालय बन्द गर्न शिक्षक महासंघको आग्रहकाठमाडौं । नेपाल शिक्षक महासंघले आन्दोलनलाई अन्तिम र निर्णायक बनाउन सबै शिक्षक तथा विद्यालय कर्मचारीलाई आन्दोलनमा जुट्न आग्रह गरेको छ चैत्र महिनामा ११ सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तारकाठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएकोधेरै पढिएका खबर १ शिशिर स्मृति सम्मान डा. सुमन कर्माचार्यलाई २ बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम ३ प्रधानमन्त्री दाहाल आज स्वदेश फर्किँदै ४ मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदै ५ एनआरएन साउदीको अध्यक्षमा रबिना अर्याल चयन ६ मामीमा नेपाली चलचित्र ७ गाजामा ६ महिना हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासद्वारा अस्वीप्कारThe Film Nepal