एजेन्सी । दारी पाल्ने ट्रेन्ड आजकाल पुरुषहरुमा धेरै नै बढेको छ । सुन्दा अचम्म लाग्ला तर, दारीबाट नै स्वास्थको बारेमा थाहा पाउन सकिन्छ । विशेषज्ञहरुका अनुसार दारीबाट मानिसको छालाको धेरै समस्याहरुको बारेमा थाहा पाउन सकिन्छ ।
थाहा पाइराखौं दारीमा स्वास्थको कस्तो राज छिपेको हुन्छ
१. यदी तपाइको दारीको रुखो र कमजोर छ भने दारीलाई मोइश्चराइजेसनको जरुरी छ । यसको कपालको रौं जस्तै समान केयर गर्नुहोस ।
२. यदी डाबरको साथमा दारी झर्दै गएको छ भने यो एलोपेशिया बार्बे नामको एक रोगको कारणले हुनसक्छ । छालारोग विशेषज्ञसँग सल्लाह लिनुहोस ।
३. के तपाईको दारी धेरै नै पातलो छ ?पोषणको कारणले यस्तो हुन्छ । प्रोटिन र भिटामिनले भरपुर स्वस्थ खाना खान जरुरी छ ।
४. यदी तपाईको दारी धेरै ने बाक्लो छ ? तपाइको टेस्टोस्टेरोन हार्मोनको लेभल धेरै छ ।
५. यदी दारीको साथमा छालाको पत्र निस्करहेको छ ?तपाईलाई चायाको समस्या हुन सक्छ । छालारोग विशेषज्ञलाई देखाउनुहोस् ।
६. यदी तपाईको दारी ठिक तरिकाले उम्रिएको छैन ?यसको पछाडि कुनै रोग वा वंशाणुगत गुण हुन सक्छ । डाक्टरसँग सल्लाह लिनुहोस ।
७. यदी तपाईको दारी लगातार चिलाँउछ भने छालाको समस्याको कारणले हुन सक्छ । दारीको सरसफाईमा ध्यान दिनुहोस ।