Techie IT
२०८१ असोज ५, आईतबार
NepaliPatra logo
गृहपृष्ठअर्थकोरला नाका कात्तिक २७ गतेदेखि सञ्चालन हुने

कोरला नाका कात्तिक २७ गतेदेखि सञ्चालन हुने


म्याग्दी । मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित कोरला नाका आगामी हप्तादेखि सञ्चालन हुने भएको छ ।

गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले चिनियाँ पक्षबाट कात्तिक २७ गतेदेखि नाका सञ्चालन हुने जानकारी आएसँगै स्थानीयवासीमा खुसियाली छाएको बताए ।

“सरकार, जनप्रतिनिधि र सुरक्षा अधिकारीहरुको तहबाट कोरला नाका सञ्चालन गर्न भएको कूटनीतिक पहल सफल भएको छ,” उनले भने, “लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दा परिचयपत्रको आधारमा आवतजावत गर्न पाउनेछन् ।”

प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’को असोज पहिलो साता भएको भ्रमणका क्रममा चीनले कोरलालगायत नेपालका १४ वटा व्यापारिक नाका सञ्चालनमा ल्याउने तयारी भएको जनाएको थियो । यसैगरी मुस्ताङ र चीनको स्वशासित क्षेत्र ढोङवासेनका जनप्रतिनिधि तथा सुरक्षा अधिकारीहरुबीच नाका सञ्चालन र व्यवस्थापनका विषयमा चारपटक वार्ता भएको थियो ।

कोरोना महामारी फैलिएपछि विसं २०७६ देखि कोरला नाका पूर्ण रुपमा बन्द भएको थियो । त्यसअघिका वर्ष कोरला नाकामा वर्षमा दुईपटक अन्तरदेशीय व्यापार मेला हुने गरेको थियो ।

उक्त नाका सञ्चालनका लागि लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका एक हजार जनाभन्दा बढी सर्वसाधारणलाई ‘नेपाल चीन सीमा क्षेत्रमा प्रस्थानका लागि प्रवेश अनुमतिपत्र’ वितरण गरिएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए ।

“प्रवेश पास भएका नागरिकले जुुनसुुकै समयमा पनि चीन जानेआउने सुविधा पाउनेछन्,” उउनले भने “कोरला नाकाको नजिकै रहेको नेचुुङ भन्सार कार्यालयमा नियमित कर्मचारी उपस्थितिका लागि तयारी गरिएको छ ।”

नेचुङ सशस्त्र प्रहरी बल ९विओपी०को भवन निर्माण भएको छ । जोमसोमदेखि कोरला नाकासम्म दुई लेनको कच्ची सडकको पहुँच पुगेको छ । चीनले नाकासम्म पक्की सडक र सुविधासम्पन्न भवन बनाएको छ ।

सन् १९६० को दशकमा चीनमा तिब्बत गाभिएपछि तिब्बतका खम्पाहरू नेपाली भूमि प्रयोग गरेर विद्रोहमा उत्रिएका थिए । सोही विद्रोहका कारण विसं २०३२ देखि कोरला नाका आवतजावतमा कडाइ गरिएको थियो ।

विसं २०५८ सम्म रोकतोक नरहेको सीमामा २०५९ देखि चीनले तारबार गरेर मेला बाहेकको अवधिमा बन्द गर्दै आएको छ । नाका सञ्चालन भएपछि मुुस्ताङका बासिन्दाले दैनिक उपभोग्य वस्तु, निर्माण सामग्री, लत्ताकपडालगायत सामग्री सस्तोमा आयात गर्न पाउने लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु विष्टले जानकारी दिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

विश्व पर्यटन दिवसमा ठमेलमा ‘ठमेल नखः’ महोत्सव हुने

काठमाडौँ । विश्व पर्यटन दिवसका अवसरमा पर्यटकीय क्षेत्र ठमेलमा ‘ठमेल नखः’ महोत्सव हुने भएको छ । ठमेलको पर्यटनलाई चलायमान बनाउने

सुनको मूल्य घट्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । विहिबार सुन तोलामा ८ सयले घटेपछि आज प्रतितोला १ लाख

सिटिजन्स बैंकको ‘स्मार्ट हब’ सेवा सञ्चालनमा

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले डिजिटल सेवालाई अझै परिस्कृत गर्ने योजना अनुरुप ‘स्मार्ट हब’ सेवा सञ्चालनमा ल्याएको छ ।

इसेवाको दशैं-तिहार चाडपर्वको अफरमा जुनसुकै कारोबार गर्दा नयाँ कार जित्न…

काठमाडौं । इसेवाले यसपालीको दशै-तिहार र छठ पर्व लक्षित गरेर “इसेवा महा-उत्सव: इसेवाको कारोबारमा नामीको दामी कार” अफर सार्वजनिक गरेको

टोस्टमास्टर्स नेपालको साइटेसन २०२४ सम्पन्न

काठमाडौँ । टोस्टमास्टर्स नेपालको साइटेसन २०२४ सम्पन्न भएको छ। यही भाद्र २९ गते शनिबार काठमाडौँको अलफ्टमा भएको उक्त साइटेसनमा देशभरका

तनहुँमा रासायनिक मल पर्याप्त मौज्दात

तनहुँ । कृषि सामग्री कम्पनी लिमिटेड तनहुँमा चालु आर्थिक वर्षमा मलखाद पर्याप्त मौज्दात रहेको छ । चालु आर्थिक वर्षमा मलको

Techie IT