गृहपृष्ठ ∕ अर्थ ∕ शेयर बजार दोहोरो अङ्कले बढ्योशेयर बजार दोहोरो अङ्कले बढ्यो नेपालीपत्र मंगलबार, २०८० कात्तिक २१ गते, १६:०७ मा प्रकाशित अर्थ काठमाडौँ। शेयर बजार आज मङ्गलवार पनि दोहोरो अङ्कले बढेको छ। हिजो २१ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव २२ अङ्कले बढेर एक हजार आठ सय ५८ दशमलव ७६ विन्दुमा पुगेको छ।आज निर्जीवन बीमा समूहको बाहेक सबै समूहको शेयर सामान्य बढेको छ। सबैभन्दा धेरै लक्ष्मी लघुवित्तको शेयर आठ प्रतिशत तथा सोनापुर मिनरल्स एन्ड आयल कम्पनी र सिटिजन लाइफ इन्सुरेन्सको शेयर पाँच प्रतिशतभन्दा धेरैले बढेको छ। समग्रमा बजार बढेको दिन आज स्वावलम्बन लघुवित्तको शेयर झन्डै साढे आठ प्रतिशतले घटेको छ।आज बजारसँगै कारोबार सङ्ख्या र रकम पनि बढेको छ। आज ४३ लाख ३१ हजार कित्ता शेयर ९९ करोड ६५ लाख रुपैयाँमा कारोबार भएका छन्। सबैभन्दा धेरै हिमालयन बैंकको प्रमोटर शेयर नौ करोड १६ लाख रुपैयाँमा किनबेच भएको छ। #शेयर बजारग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार बर्खायामको इन्धन ‘गुइँठा’ को जोहो हिउँदमैमहोत्तरी । महोत्तरीका ग्रामीण क्षेत्रमा खाना पकाउने इन्धनका लागि ‘गुइँठा’ को जोहो गर्न थालिएको छ । जिल्लाका बजार र सहरी मनाङमा सार्वजनिक बस सेवा सञ्चालन सुरुमनाङ । हिमाली जिल्ला मनाङमा आइतबारदेखि नियमित रूपमा सार्वजनिक बस सेवा सञ्चालनमा ल्याइएको छ । ट्रयाक खोलिएको २२ वर्षपछि सदरमुकाम संविधानविरोधी गतिविधि स्वीकार्य छैनः गृहमन्त्रीकाठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधानविरोधी गतिविधि स्वीकार्य नभएको बताएका छन् । गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको पोखरामा उद्घाटन गर्दै उनले विद्युतीकरणपछि चन्द्रनगरका किसान मकैखेतीतर्फ आकर्षितसर्लाही। चन्द्रनगर गाउँपालिकाका किसान विद्युतीकरणपछि मकैखेतीतर्फ आकर्षित भएका छन् । सिँचाइ सुविधा नभएपछि यहाँका किसानले अकासे पानीको भरमा खेती गर्दै नेप्सेकाे सीईओमा चूडामणि चापागाईं नियुक्तकाठमाडाैँ । नेपाल स्टक एक्सचेन्स (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चूडामणि चापागाईं नियुक्त भएका छन् । नवनियुक्त सीईओ वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालनको जिम्मेवारी भारतीय कम्पनीलाईपर्सा । पर्साको वीरगञ्ज सुक्खा बन्दरगाहको व्यवस्थापन र सञ्चालनको जिम्मेवारी भारतीय कम्पनी प्रिस्टिन मेगा लजिष्टिक पार्क प्रालिले पाएको छ ।धेरै पढिएका खबर १ ललितपुर सिटी लगातार दोस्रोपटक नेपाल सुपर लिग च्याम्पियन २ शिशिर स्मृति सम्मान डा. सुमन कर्माचार्यलाई ३ गण्डकी प्रदेश आख्यान महोत्सव, दश जिल्लाका साहित्यकारको जमघट ४ भूकम्पको दशक: भत्किएका संरचना अझै अधुरा ५ मनाङमा सार्वजनिक बस सेवा सञ्चालन सुरु ६ पर्यटकको रोजाइमा विचित्र गुफा ७ भारतमा भएको आतङ्कवादी हमलाको नेपाल सरकारद्वारा निन्दाThe Film Nepal