Techie IT
२०८२ वैशाख ९, मंगलबार
NepaliPatra logo
गृहपृष्ठखेलअन्तर्राष्ट्रिय क्रिकेट इतिहासमै पहिलो पटक ‘टाइम आउट’ को शिकार बने म्याथ्युज

अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमै पहिलो पटक ‘टाइम आउट’ को शिकार बने म्याथ्युज


एजेन्सी । श्रीलंकाली टोलीका ब्याट्सम्यान एन्जेलो म्याथ्युजका लागि खराब आजको दिन खराब रह्यो । दिल्लीको अरुण जेटली स्टेडियममा भइरहेको एकदिवसीय विश्वकप २०२३ को ३८ औं खेलमा श्रीलंकाले बंगलादेशको सामना गर्दैछ ।

यस खेलमा श्रीलंकाको टोलीको इनिङ्सको २५ औं ओभरमा एउटा अनौठो घटना देखियो । यो ओभर बंगलादेशका लागि कप्तान शकिब अल हसनले गरेका थिए भने दोस्रो बलमा सादिरा समराविक्रमा क्याच आउट भए ।

यसपछि एन्जेलो म्याथ्युज नयाँ ब्याट्सम्यानको रुपमा क्रिजमा आए तर सही हेल्मेट नआएको कारण क्रिजमा रहेका वैकल्पिक खेलाडीसँग अर्को हेल्मेट मागे ।

यस क्रममा शकिबले मौकाको फाइदा उठाउँदै मैदानमा रहेका अम्पायरलाई टाइम आउटका लागि अपिल गरे । यस क्रममा दुवै मैदानमा रहेका अम्पायरहरूले शकिबको कुरामा सहमत भए र एन्जेलो म्याथ्युजलाई ‘टाइम आउट’ गरे । अन्तर्राष्ट्रिय क्रिकेटमा यस्तो भएको यो पहिलो पटक हो ।

यस्तो अवस्थामा जानौं कि टाइम आउट नियम के हो, जसको पहिलो शिकार एन्जेलो म्याथ्युज बनेका छन् ।

क्रिकेटको नियम ४०.१.१ का अनुसार, विकेट खसेपछि वा ब्याट्सम्यान रिटायर्ड हर्ट भएपछि इनकमिङ ब्याट्सम्यानले क्रिजमा आएर ३ मिनेट भित्र बल खेल्नुपर्ने हुन्छ तर यो सम्भव नभए विपक्षी टोलीले ब्याट्सम्यान र अम्पायरलाई टाइम आउटका लागि अपिल गर्न सक्छ । नयाँ ब्याट्सम्यानलाई आउट घोषणा गर्न सकिनेछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौंमा

काठमाडौं । विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौं आइपुगेका छन् । उनी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका

वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस

काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग

हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिक

काठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का

आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाई

काठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा

ललितपुर महानगरले मेयर कप भलिबल आयोजना गर्दै

काठमाडौं । ललितपुर महानगरपालिकाको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि शुरु हुने भएको छ

साग स्वर्ण पदक विजेता विप्लवको सन्न्यास घोषणा

काठमाडाैँ । १३औं दक्षिण एशियाली खेलकुद सागका स्वर्ण विजेता करातेका खेलाडी विप्लवलाल श्रेष्ठले सन्नयास घोषणा गरेका छन् । गएको वर्ष

Techie IT