Techie IT
२०८१ असोज ७, मंगलबार
NepaliPatra logo
गृहपृष्ठनेपालरुकुम पश्चिममा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो

रुकुम पश्चिममा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो


रुकुम पश्चिम । रुकुम पश्चिममा भूकम्पमा परी अहिलेसम्म ३८ जनाको मृत्यु भएको छ । आठबिसकोट नगरपालिकामा २८ र सानीभेरी गाउँपालिकामा १० गरी ३८ जनाको मृत्यु भएको र ८५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक नमराज भट्टराईले जानकारी दिए ।

उनका अनुसार जिल्ला अस्पताल सल्ले र नगर अस्पताल आठबिसकोटबाट गरेर ३० जना उपचारपछि घर फर्किएका छन् । चालिस जनाको जिल्लामै र गम्भीर घाइते भएका १५ जनालाई थप उपचारका लागि नेपालगन्ज र सुर्खेत पठाइएको प्रहरी प्रमुख भट्टराईले जानकारी दिए । भूकम्पमा परी बेपत्ताको खोजी जारी रहेकाले थप घाइते र मृत्युको सङ्ख्या बढ्नसक्ने उनको भनाइ छ ।

जाजरकोटको रामीडाँडामा शुक्रबार राति ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो । सोही भूकम्पका कारण रुकुमपश्चिममा पनि ठुलो मानवीय क्षतिसँगै भौतिक संरचनामा क्षति पुगेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सरकार मुल एजेण्डाबाट बाहिर गएर काम गर्न थालेको नेता कोइरालाको…

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार मुल एजेण्डाबाट बाहिर गएर काम गर्न थालेको टिप्पणी गरेका छन्

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुना मुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । प्रकाशमान सिंह राउतको एकल इजलासले

एरिका गुरुङलाई विमानस्थलमा भव्य स्वागत

काठमाडाैँ । नेपालका लागि ऐतिहासिक पदक विजेता कराँते खेलाडी एरिका गुरुङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । आज

बाँसबारी बुढानिलकण्ठ सडकको काम चाँडो सक्न मन्त्री पौडेलद्वारा अधिकारीहरुको ध्यानाकर्षण

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले खानेपानी तथा विद्युत विस्तारका कारण भत्काइएको बाँसबारी बुढानिलकण्ठ सडकको अवस्थाबारे जानकारी लिएका

इलाममा श्रीमतिको हत्या गरी श्रीमानद्वारा आत्महत्या

काठमाडौँ । इलामको सन्दकपुरमा एक पुरुषले श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन् । सन्दकपुर गाउँपालिका १ भित्तेका ४६ वर्षे उजबहादुर

दुर्गा प्रसाईंको रिट न्यायाधीश राउतको इजलासमा

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको तर्फबाट सर्वोच्च अदालतमा दायर बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा आज सुनुवाइ हुँदैछ । प्रसाईंका छोरा

Techie IT