Techie IT
२०८२ वैशाख ८, सोमबार
NepaliPatra logo
गृहपृष्ठखेलविश्वकपमा आज न्युजिल्यान्ड र दक्षिण अफ्रिका भिड्दै

विश्वकपमा आज न्युजिल्यान्ड र दक्षिण अफ्रिका भिड्दै


एजेन्सी । एकदिवसीय विश्वकप २०२३ को ३२औं खेलमा साविक उपविजेता न्युजिल्यान्डले आज दक्षिण अफ्रिकाको सामना गर्दैछ । खेल दिउँसो २ः१५ बजेदेखि महाराष्ट्र क्रिकेट एसोसिएसन स्टेडियम (एमसीए), पुणेमा हुनेछ । खेलअघि दिउँसो १ः४५ बजे टस हुनेछ ।

आजको खेल जित्ने टोलीलाई सेमिफाइनल पुग्ने बाटो सहज हुनेछ । ६ खेलमा ४ जित हात पारेको न्युजिल्यान्ड ८ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । दक्षिण अफ्रिका ६ मध्ये ५ खेल जितेर १० अंकसहित दोस्रो स्थानमा छ ।

सन् १९९९ देखि विश्वकपमा यी दुईबीच ५ खेल भएका छन् जसमा न्युजिल्यान्डले सबै पाँच खेल जितेको छ । जसमा २०११ र २०१५ विश्वकपका २ नकआउट खेलहरू पनि समावेश छन् ।

हेड टु हेडः
दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय क्रिकेटमा न्यूजिल्याण्डको प्रदर्शन खासै राम्रो छैन । दुई टोलीबीच हालसम्म कुल ७१ ओडीआई खेलिएको छ । न्यूजिल्याण्डले २५ खेल जितेको छ भने दक्षिण अफ्रिकाले ४१ खेल जितेको छ । ५ खेलको नतिजा आएको छैन ।

तर, विश्वकपमा न्युजिल्यान्ड दक्षिण अफ्रिकामाथि हावी छ । दुवै टोली अहिलेसम्म ८ पटक भिडेका छन्, जसमा न्युजिल्यान्डले ६ र दक्षिण अफ्रिकाले २ खेल मात्र जितेको छ ।

दुवै टोली चार वर्षपछि एकदिवसीय क्रिकेटमा भिड्दैछन् । पछिल्लो पटक दुवै टोली २०१९ को विश्वकपमा आमनेसामने भएका थिए । प्रतियोगिताको २५ औं खेल बर्मिङ्घममा भएको थियो, जसमा न्युजिल्यान्डले अन्तिम ओभरमा चार विकेटले विजयी भएको थियो । टोलीका नियमित कप्तान केन विलियम्सनले खेलमा शतक प्रहार गर्दै टोलीलाई जित दिलाएका थिए ।

कस्तो छ मैदान ?

प्रतियोगिताको तेस्रो खेल एमसीए रंगशालामा हुँदैछ । यस मैदानमा यसअघि भारत–बंगलादेश र अफगानिस्तान–श्रीलंकाका खेल पनि खेलिएका थिए । यहाँको पिच ब्याटिङमैत्री छ ।

यस मैदानमा हालसम्म ९ एकदिवसीय खेल खेलिएको छ जसमा पहिले ब्याटिङ गर्ने टोलीले ४ र पछि ब्याटिङ गर्ने टोलीले ५ खेल जितेको छ । पहिलो इनिङ्सको औसत २९४ रन रहेको छ ।

सर्वाधिक टिम स्कोर ३५६ हो, जुन भारतले २०१७ मा इङ्ल्यान्ड विरुद्ध बनाएको थियो । सबैभन्दा कम टोलीको स्कोर २३२ हो, जुन भारतले सन् २०१३ मा अस्ट्रेलियाविरुद्ध बनाएको थियो ।

पुणेमा आज पानी पर्ने सम्भावना छैन । यस अवधिमा हावाको गति ९ किलोमिटर प्रतिघण्टा रहनेछ । तापमान १८ देखि ३३ डिग्री सेल्सियस सम्म हुन सक्छ ।

दुबै टिमका सम्भावित सुरुवाती–११
न्यूजील्यान्डः टम लाथम (कप्तान/ विकेटकीपर), डेभोन कोनवे, विल यंग, ​​रचिन रविन्द्र, डेरिल मिचेल, ग्लेन फिलिप्स, जेम्स निशम, मिचेल सान्टनर, म्याट हेनरी, लोकी फर्गुसन र ट्रेन्ट बोल्ट ।

दक्षिण अफ्रिकाः टेम्बा बभुमा (कप्तान), क्विन्टन डी कक, रस्सी भान डेर डुसेन, एडेन मार्कराम, हेनरिक क्लासेन, डेभिड मिलर, मार्को जान्सन, केशव महाराज, लुंगी एनगिडी, तबरेज शम्सी र जेराल्ड कुटेजी/कागिसो रबाडा ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस

काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग

हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिक

काठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का

आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाई

काठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा

ललितपुर महानगरले मेयर कप भलिबल आयोजना गर्दै

काठमाडौं । ललितपुर महानगरपालिकाको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि शुरु हुने भएको छ

साग स्वर्ण पदक विजेता विप्लवको सन्न्यास घोषणा

काठमाडाैँ । १३औं दक्षिण एशियाली खेलकुद सागका स्वर्ण विजेता करातेका खेलाडी विप्लवलाल श्रेष्ठले सन्नयास घोषणा गरेका छन् । गएको वर्ष

५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालन

बागलुङ । बागलुङमा ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । चार जना भुतपूर्व बेलायती र दुई

Techie IT