Techie IT
२०८१ असोज १८, शनिबार
NepaliPatra logo
गृहपृष्ठखेलनेपालले सिंगापुरलाई ८ विकेटले हरायो

नेपालले सिंगापुरलाई ८ विकेटले हरायो


काठमाडौँ। टी–२० विश्वकप फाइनल एसियामा नेपालले सिंगापुरमाथि ८ विकेटको जित हात पारेको छ। त्रिवि क्रिकेट मैदानमा भर्खरै सम्पन्न खेलमा नेपालले सिंगापुरलाई हराउँदै सुखद सुरुवात गरेको हो।

सिंगापुरले दिएको १४६ रनको लक्ष्य नेपालले १६.३ ओभरमा मात्र २ विकेट गुमाएर भेट्टाएको हो।

नेपालको लागि कुशल भुर्तेलले अर्धशतक बनाए। ओपनर भुर्तेलले ७४ रन जोडे। उनले ४८ बलको सामना गर्दा ८ चौका र २ छक्का प्रहार गरे। अर्का ओपनर आसिफ शेखले २७ रन बनाए। उनले २६ बलमा २ चौका र १ छक्का प्रहार गरे।

त्यस्तै, कप्तान रोहित पौडेलले २४ बलमा नटआउट ३५ रन जोडे भने १ बल सामना गरेका कुशल मल्लले छक्का प्रहार गरेर नेपालको जित निश्चित गरेका हुन्।

टस जितेर पहिले ब्याटिङ रोजेको सिंगापुरले ९ विकेटको क्षतिमा १४५ रन जोड्यो। सिंगापुरको लागि सर्वाधिक रोहन रंगराजनले १ छक्का र ८ चौकाको मदतमा ४६ रन जोडे। त्यस्तै आर्यभिर चौधरीले ३७ रन, मनप्रित सिंहले २४ रन, अक्षय पुरीले १३ रन जोड्दा अन्य ब्याट्सम्यानहरुले दोहोरो अंक जोड्न सकेनन्।

सिंगापुरविरुद्ध नेपालका अभिनास बोहोराले ३ विकेट लिए। त्यस्तै, करण केसी, सन्दीप लामिछाने र गुल्सन झाले सामान २–२ विकेट लिए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एभरेष्ट महिला भलिबल लिगमा लगातार जितसहित कर्णाली फाइनलमा

काठमाडौँ । एभरेष्ट महिला भलिबल लिगमा लगातार चौथो जितसहित कर्णाली यश्विज फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा चितवन

चार स्थानमाथि उक्लिदै दीपेन्द्रसिंह ऐरी टी-२० अलराउन्डर वरीयताको दोस्रो स्थानमा

काठमाडौँ । नेपाली राष्ट्रिय किक्रेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी आइसिसी टी-२० अलराउन्डरको विश्व वरीयतामा दोस्रो स्थानमा उक्लिएका छन् । आईसीसीले

त्रिदेशीय टी–२० क्रिकेट श्रृङ्खला अन्तर्गत तेस्रो खेलमा नेपालले आज क्यानडासँग…

काठमाडाैँ । त्रिदेशीय टी–२० क्रिकेट श्रृङ्खला अन्तर्गत तेस्रो खेलमा नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दैछ । यो खेल नेपाली समयअनुसार राति

एभरेष्ट महिला भलिबल लिग आजदेखि

काठमाडाैँ । एभरेस्ट महिला भलिबल लिग आजदेखि शुरु हुँदैछ । त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आजदेखि नेपालको पहिलो

एरिका गुरुङलाई विमानस्थलमा भव्य स्वागत

काठमाडाैँ । नेपालका लागि ऐतिहासिक पदक विजेता कराँते खेलाडी एरिका गुरुङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । आज

नेपाल र ओमान भिड्दै

काठमाडौँ । आईसीसी विश्वकप लिग टुमा आज नेपालले ओमानविरुद्ध खेल्दैछ । क्यानडा भ्रमणमा रहेको राष्ट्रिय क्रिकेट टिमले दोस्रो पटक ओमानविरुद्ध

Techie IT