Techie IT
२०८१ असोज ४, शनिबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियहत्यारालाई जिउँदै छाड्ने छैनाैँ… रुसमा इजरायलीमाथि भीडको आक्रमण

हत्यारालाई जिउँदै छाड्ने छैनाैँ… रुसमा इजरायलीमाथि भीडको आक्रमण


एजेन्सी । इजरायल–हमास युद्धका बीच हमासको समर्थनमा विश्वका धेरै देशमा विरोध प्रदर्शन भइरहेका छन् । तर रुसमा भने इजरायलीहरुमाथि आक्रमण भएको छ ।

रुसको दागेस्तान राज्यको मखाचकाला एयरपोर्टमा एक भीडले इजरायलीहरूलाई हमला गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।

इजरायलको राजधानी तेलअभिभबाट विमान आउँदै गरेको सूचना पाएलगत्तै प्रदर्शनकारीले विमानलाई धावनमार्गमा घेरा हालेका थिए ।

हजारौं मुस्लिम विमानस्थलको गेट तोडेर भित्र पसेका थिए । स्थिति यति बिग्रियो थियो कि दंगालाई रोक्न विशेष बल बोलाउनु परेको मिडिया रिपोर्टमा उल्लेख छ ।

भीडले प्यालेस्टाइनको झण्डा बोकेर ‘बालबालिका हत्यारालाई छोड्ने छैनौं’ जस्ता नारा लगाएका थिए । विमानका यात्रुहरूमध्ये भीडले यहूदीहरूलाई खोज्न थालेको बताइएको छ।

भीडले प्रत्येक यात्रुको राहदानी जाँच गरेको बताइएको छ ।

उक्त विरोधपछि विमानस्थल केही समय बन्द गर्नुपरेको मिडिया रिपोर्टमा उल्लेख छ ।

रुसमा हमासको बैठक बसेको तीन दिनपछि इजरायलविरुद्धको यो सबैभन्दा ठूलो प्रदर्शन थियो। रुसको दागेस्तानमा मुस्लिम समुदायको बाहुल्य छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

लेबनानमा पेजर बिष्फोट हुँदा ९ जनाको मृत्यु

एजेन्सी । लेबनानमा हिजबुल्लाह सदस्यहरूको सञ्चार उपकरण पेजर शृंखलाबद्ध रुपमा बिस्फोट हुँदा ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा

आतिशी मार्लेना दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै

काठमाडौँ । दिल्लीको नयाँ मुख्यमन्त्री आतिशी मार्लेना हुने भएकी छिन् । मंगलबार बिहान बसेको व्यवस्थापिका–संसद्‌को बैठकले आतिशीको नाम अनुमोदन गरेको

चीनमा ७५ वर्षयताकै ठूलो आँधी

एजेन्सी । चीनको व्यापारिक राजधानी मानिने शाङ्घाईमा ७५ वर्षयताकै ठूलो आँधी आएको छ । सोमबार आएको ’बाबिन्का’ नामको आँधी ७५

अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पमाथि फेरि हत्या प्रयास

एजेन्सी । अमेरिकी राष्ट्रपति पदका उम्मेदवार पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि फेरी हत्या प्रयास भएको छ । अमेरिकाको फ्लोरिडा गल्फ कोर्समा

केजरीवालले मुख्यमन्त्रीबाट राजीनामा दिने

काठमाडौँ । भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । आइतबार आम आदमी पार्टीका कार्यकर्तालाई

भारतमा भारी वर्षाका कारण ४७ को मृत्यु

एजेन्सी । भारतको पश्चिमी हिमाली राज्यसहित पूर्वोत्तर भारतका लगभग सबै राज्यमा भएको मुसलधारे वर्षाका कारण विभिन्न स्थानमा गरि पछिल्लो ३६

Techie IT