एजेन्सी । आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले इङ्ल्यान्डलाई एक सय रनले पराजित गर्न सफल भएको छ ।
लखनउमा भएको खेलमा टस हारेर व्याटिङ गरेको भारतले २२९ रन बनाउन सफल भएको थियो ।
२३० रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले ३४.५ बलमा सम्पूर्ण विकेट गुमाउँदै १२९ रनमात्र बनाउन सक्यो ।
इङ्ल्यान्डका लागि लियम लिभिङ्गस्टोले सर्वाधिकर २७ रन जोडे ।
डेविड विलीले अविजित १६, डेविड मलानले १६, मोइन अलीले १५, जोनी बेरिस्टोले १४ रन जोडे ।
भारतका लागि मोहम्मद शामीले चार विकेट लिन सफल भए ।
जसप्रित बुमराहले तीन विकेट लिए भने कुलदिप यादवले दुई र रविन्द्र जडेजाले एक विकेट लिन सफल भए ।
योसँगै भारतले ६ खेलबाट १२ अंक जोडेको छ । इङ्ल्यान्ड ६ खेलमा २ अंक जोडेर १० औँ स्थानमा रहेको छ ।