Techie IT
२०८२ वैशाख ९, मंगलबार
NepaliPatra logo
गृहपृष्ठनेपालफिर्के खोलाको बहाव क्षेत्रमा बनेका संरचना ३५ दिनभित्र हटाउन पोखरा महानगरकाे आग्रह

फिर्के खोलाको बहाव क्षेत्रमा बनेका संरचना ३५ दिनभित्र हटाउन पोखरा महानगरकाे आग्रह


कास्की । पोखरा महानगरले फिर्के खोलाको बहाव क्षेत्रमा बनेका संरचना ३५ दिनभित्र हटाउन  आग्रह गरेको छ । पोखरा १८ अधेरी कुनादेखि पोखरा २, ४, ५, ७, ८, ६ र १७ हुँदै फेवातालमा मिसिने यो खोला करिब आठ किमी लामो छ ।

महानगरले फिर्के खोलाको बहाव क्षेत्र (खोलघर) भित्र बनेका संरचना हटाउन  शुक्रवार ३५ दिने सूचना जारी गरेको हो । सूचनामा खोलाघरभित्र पर्ने स्थायी तथा अस्थायी संरचनाहरू पूर्ण रूपमा ३५ दिनभित्र हटाउन भनिएको छ । महानगरबाट खटिएको प्राविधिक टोलीले स्थलगत नाप जाँच गरी यकिन गरेको खोलाघरभित्र अस्थायी र स्थायी गरी एक सय ६० संरचना छन् ।

तोकिएको मितिभित्र संरचनाहरू नहटाए महानगरपालिका आफैँले हटाउने र सो क्रममा लाग्ने लागतसमेत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुलउपर गरिने जनाएको छ । यसअघि पोखरा महानगरले गठन गरेको फिर्के सिमाङ्कन टोलीले असोज ६ गते प्रतिवेदन पेस गरेको थियो । टोलीले बेलैमा उचित कदम नचाले फिर्के खोला नै हराउने र प्राकृतिक विपत्ति निम्तिने निष्कर्षसहितको प्रतिवेदन तयार पारेको छ ।

१८ वटा सङ्घ, संस्थाका स्थायी संरचना खोलाघर नै मिचेर निर्माण भएका छन् । कतिपय संरचना शतप्रतिशत खोला घरमा बनेका छन् भने कतिपय संरचनाको आंशिक भाग खोलाघरमा पर्छ । खोला मिचेर ९७ अस्थायी, ३५ स्थायी, १० सङ्घ, संस्थाका अस्थायी र १८ सङ्घ, संस्थाका स्थायी संरचना बनेको प्रतिवेदनमा उल्लेख छ ।

खोलाघरमै बनेका संरचनामा वडा, महानगर, प्रदेश र सङ्घ सरकारले समेत लगानी गरेको देखिएको छ । खोला फोहोर फ्याँक्ने डम्पिङ जस्तो बन्दै गरेको र तत्काल यसको संरक्षण र विकास लक्षित परियोजना सञ्चालन नगर्ने कालान्तरमा यसको अस्तित्व नै समाप्त हुने प्रतिवेदनले औँल्याएको छ ।

सर्भे टोलीले खोलाघरको पश्चिमतर्फ तीन सय तीन र पूर्वतर्फ दुई सय ८५ पोल गाडेको छ । पोल गाड्न सम्भव नभएका ठाउँमा इनामेलले चिन्ह लगाइएको छ । टोलीले साउन ३ देखि भदौ २ गतेसम्म एक महिना लगाएर फिर्के नाप जाँच गरेको हो ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले प्रतिवेदन अनुसार पहिलो चरणमा खोलाघर खाली हुने र त्यसपछि फिर्केको नयाँ मापदण्ड बनाएर कार्यान्वयन गरिने बताए। उनी भन्छन्, “फिर्केको अतिक्रमण हटाएर फिर्के कोरिडोर निर्माण गर्दै यसलाई पर्यटकीय क्षेत्र बनाउँछौँ । यसका लागि लगानीको समस्या हुँदैन ।”

फिर्के खोलामा पटक पटक सिमाङ्कन र नक्सांकन भएका छन् । तर कार्यान्वयन नहुँदा फिर्के निरन्तर अतिक्रमणको चपेटामा परेको छ । प्रमुख आचार्यले प्रतिवेदन कार्यान्वयन गर्दै फिर्केलाई पर्यटकीय स्थलको रूपमा विकास गरिने प्रतिबद्धता जनाएका छन् । रासस




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

९ महिनामा ६ लाख ७ हजारभन्दा धेरै युवा कामको लागि…

काठमाडाैँ । चालु आर्थिक वर्षको ९ महिना काम खोज्दै ६ लाख ७ हजारभन्दा धेरै युवा विदेशिएका छन् । वैदेशिक रोजगार

शिशिर स्मृति सम्मान डा. सुमन कर्माचार्यलाई

बर्दिवास । ३०औँ राष्ट्रिय छन्द दिवसको अवसरमा शिशिर घिमिरे स्मृति प्रतिष्ठानले बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम

विद्युत् सेवा पटक पटक अवरुद्ध हुँदा उपभोक्ता समस्यामा

खोटाङ । दश स्थानीय तह रहेको जिल्लाका ९६ प्रतिशत घरपरिवार उपभोक्ताले विद्युत् उपभोग गरेको पाइएको छ । नेपाल विद्युत् प्राधिकरणले

गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठको परम्परा

म्याग्दी । धवलागिरि गाउँपालिका–३ मुनाका ७१ वर्षीय खड्कमान पुनको दैनिकी घुम्ती गोठमा बित्ने गरेको छ । परम्परागत रूपमा गाईपालन गर्दै

सरकारलाई दबाब दिन विद्यालय बन्द गर्न शिक्षक महासंघको आग्रह

काठमाडौं । नेपाल शिक्षक महासंघले आन्दोलनलाई अन्तिम र निर्णायक बनाउन सबै शिक्षक तथा विद्यालय कर्मचारीलाई आन्दोलनमा जुट्न आग्रह गरेको छ

चैत्र महिनामा ११ सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तार

काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको

Techie IT