Techie IT
२०८२ वैशाख ९, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियगाजामा १०० लडाकू विमानहरूद्वारा भारी बमबारी, हमासको क्याम्प ध्वस्त, इन्टरनेट र बिजुली अवरुद्ध

गाजामा १०० लडाकू विमानहरूद्वारा भारी बमबारी, हमासको क्याम्प ध्वस्त, इन्टरनेट र बिजुली अवरुद्ध


एजेन्सी । इजरायल र हमासबीचको युद्ध लगातार बढिरहेको छ । यी दुईबीच पछिल्लो २१ दिनदेखि युद्ध चलिरहेको छ । हमासले आक्रमण गरेपछि इजरायलले जवाफी कारबाहीमा गाजामाथि लगातार आक्रमण गरिरहेको छ ।

इजरायली सेनाले गाजामा फेरि हवाई हमला गरेको मिडिया रिपोर्टमा उल्लेख छ।

इजरायली सेनाले गाजामा सयवटा लडाकु विमानबाट बमबारी गरेको छ ।

गाजाका अधिकांश क्षेत्रमा इन्टरनेट अवरुद्ध भएको छ । गाजामा आज प्रलयको रात हुने बताइएको छ ।

इजरायली सेनाले गाजा पट्टीमा हमासको स्थानमा बमबारी गरिरहेको छ।

आइडीएफका प्रवक्ता ड्यानियल हगारीले इजरायली सेनाले गाजा पट्टीमा विगत केही घण्टामा शृङ्खलाबद्ध हवाई आक्रमण गरेको बताए।

इजरायली सेनाले आज राती ग्राउण्ड अपरेशनलाई अझ तीव्र बनाउने उनले बताए।

हागारीले उत्तरी गाजा र यसको वरपरका क्षेत्रमा आइडीएफले आक्रमण जारी राख्ने बताए।

उनले प्यालेस्टाइनीहरू गाजा पट्टीको दक्षिणी भागमा सर्नु पर्ने भनाइ दोहोर्‍याए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अमेरिकी उपराष्ट्रपति जेडी भान्स भारत आउँदै

एजेन्सी । अमेरिकी उपराष्ट्रपति जेडी भान्स र उनकी श्रीमती उषा भान्स आगामी साता भारत भ्रमणमा आउने भएका छन । उनले

गाजामा ६ महिना हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासद्वारा अस्वीप्कार

एजेन्सी । गाजामा छ हप्ता युद्धविरामका लागि हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासले अस्वीकार गरेको छ । इजरायलको योजनाले युद्ध

ट्रम्पले लगाए चिनियाँ बस्तुमाथि १४५ प्रतिशत आयातकर

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानलाई लक्षित गरी गरेको कर वृद्धिले धेरै उत्पादनमा १४५ प्रतिशत कर पुगेको छ

चीनको जवाफी कर नीतिले ट्रम्प आक्रोशित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको प्रतिकात्मक करको निर्णयप्रति आक्रोश व्यक्त गरेका छन् । चीनले ८४ प्रतिशत करको निर्णय

डोमिनिकन रिपब्लिकमा नाइटक्लबको छत भत्किँदा ७९ जनाको मृत्यु, १५० जना…

एजेन्सी । डोमिनिकन रिपब्लिकको राजधानी सान्टो डोमिङ्गोमा रहेको एक नाइटक्लबको छत भत्किँदा कम्तीमा ७९ जनाको मृत्यु भएको छ । दुर्घटनामा

इजरायली प्रधानमन्त्री र अमेरिकी राष्ट्रपतिबीच भेटवार्ता

एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्दै इजरायली वस्तुहरूमा लगाइएको करमा छुट दिन अनुरोध गरेका

Techie IT