Techie IT
२०८१ कात्तिक २२, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालआज कोजाग्रत पूर्णिमा

आज कोजाग्रत पूर्णिमा


काठमाडौँ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आरधना गरी रातभर जाग्राम बसेर मनाइँदैछ ।

आश्विन शुक्ल प्रतिपदाका दिनबाट शुरु भएको दुर्गा पक्ष अर्थात् दशैँ पर्व आज कोजाग्रत पूर्णिमाका दिन सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आरधना गरी राति जाग्राम बसेपछि समापन हुन्छ ।

आजको दिन सायंकालमा महालक्ष्मीको पूजा आरधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वासका आधारमा यो पर्व मनाउन शुरु गरिएकोे हो ।

माता दुर्गाका तीन वटा रुपमध्येका एक रुप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ । नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

पोखरा विमानस्थलमा डेढ वर्षपछि अन्तर्राष्ट्रिय उडान

काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा डेढ वर्षपछि दोस्रो अन्तर्राष्ट्रिय उडान सञ्चालन भएको छ । ०८० असार ६ गते पहिलो पटक

राष्ट्रपति पौडेलले दिए सूर्यलाई अर्घ

काठमाडौँ। छठ पर्वको मुख्य दिन आज राष्ट्रपति रामचन्द्र पौडेलले अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन् । काठमाडौँको गुहेश्वरी र कमलपोखरी पुगेर

तेजरत्न आँखा उपचार केन्द्रलाई २० लाख सहयोग

सङ्खुवासभा । सङ्खुवासभा सदरमुकाम खाँदबारीमा समुदायद्वारा सञ्चालित तेजरत्न आँखा उपचार केन्द्रलाई स्थानीय मनोजकुमार श्रेष्ठका परिवारले २० लाख रुपैयाँ सहयोग प्रदान

धान खेतमा एक किशोरको शव फेला

लहान । सिराहाको लहान ३ रघुनाथपुरस्थित धान खेतमा एक किशोरको शव फेला परेको छ । १८ वर्षीय मोहम्मद इमरान अन्सारीको

नवनियुक्त इजरायली राजदूतको स्वागत

काठमाडौँ । नेपालका लागि इजरायलका नवनियुक्त राजदूत स्मुलिम एरी बास आफ्नो कार्यभार सम्हाल्न काठमाडौं आइपुगेका छन् । उनलाई त्रिभुवन अन्तरराष्ट्रिय

कोशी प्रदेशका पूर्व मन्त्री अधिकारी माथि लागेको मानव तस्करीको आरोपमा…

काठमाडौँ । कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानून मन्त्री तथा प्रदेश सभासद् लीलाबल्लभ अधिकारी माथि लागेको मानव तस्करी बारे प्रहरीले

Techie IT