गृहपृष्ठ ∕ नेपाल ∕ प्रधानसेनापति शर्मा चीन प्रस्थानप्रधानसेनापति शर्मा चीन प्रस्थान नेपाली पत्र शुक्रबार, २०८० कात्तिक १० गते, १३:५९ मा प्रकाशित नेपाल काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि आज बेइजिङ प्रस्थान गरेका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रक्षा सचिव किरणराज शर्मा र बलाध्यक्ष रथी सीताराम खड्काले बिदाइ गरे ।भ्रमणका क्रममा प्रधानसेनापति शर्मा बेइजिङमा आयोजना हुने बेइजिङ झिङसान फोरम समुद्घाटन समारोहमा सहभागी हुने तथा उनी र चिनियाँ जनमुक्ति सेना, सिएमसीका चिफ अफ स्टाफ जनरल लिउ झेनलीबीच भेटवार्ता हुने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।साथै भ्रमणका क्रममा उनले सियान सिटी, साङ्घाई र ग्वाङ्झाउमा अवस्थित चिनियाँ जनमुक्ति सेनाका विभिन्न एकाइ तथा शिक्षण संस्थाको भ्रमण गर्ने कार्यक्रम छ । उनी यही कात्तिक १६ गते स्वदेश फर्कनेछन् । भ्रमण दलमा मध्यपूर्वी पृतनापति उपरथी प्रेमध्वज अधिकारी र प्रधानसेनापतिको सैनिक सहायक तथा स्टाफ अधिकृत हुन् ।प्रधानसेनापतिको अनुपस्थितिमा बलाध्यक्ष रथी सीताराम खड्काले कायममुकायम प्रधानसेनापति भई कार्यभार सम्हाल्ने निर्देशनालयले जनाएको छ । #प्रधानसेनापति प्रभुराम शर्माग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार दूधमती नदीको संरक्षण र सौन्दर्यकरणका लागि सीमाङ्कन शुरुमहेन्द्रनगर (धनुषा) । धनुषा र महोत्तरी जिल्ला जोड्ने दूधमती नदीको संरक्षण तथा संवद्र्धन गर्ने उद्देश्यले सीमाङ्कनको काम शुरु गरिएको छ नेपाल र चीनका विश्वविद्यालयबीच सहकार्य सम्झौताकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा लुम्बिनी बौद्ध विश्वविद्यालय र चीनको बेइजिङ भाषा तथा संस्कृति विश्वविद्यालयबीच सहकार्य गर्नेसम्बन्धी सम्झौतामा सुर्खेतमा ‘मानव स्मारक’ बनाउन ९ करोड ७६ लाख रकम सङ्कलनकर्णाली । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा ‘मानव स्मारक’ बनाउन ९ करोड ७६ लाख ९२ हजार आठ सय ४३ सङ्कलन रवि लामिछानेमाथि अनुसन्धान गर्ने प्रक्रिया गलत छ: वर्षमान पुनकाठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव बर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेमाथि सरकारले राजनीतिक पूर्वाग्रह राखेको बताएका सडकलाई आर्थिक समृद्धिसँग जोड्नुपर्छ: मन्त्री दाहालकाठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडक तथा संरचनाहरुलाई आर्थिक समृद्धिसँग जोड्नुपर्ने धारणा व्यक्त गरेका छन् । सडक विश्वका आँखा सेवा प्रदायक संस्थाहरूको अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुँदैकाठमाडाैँ । नेपालमा विश्वका आँखा सेवा प्रदायक संस्थाहरूको अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ । इन्टनेशनल एजेन्सी फर ‘द’ प्रिभेन्सनधेरै पढिएका खबर १ छोराको कुटपिटबाट बुवाको मृत्यु २ रास्वपा सभापति रवि लामिछानेविरुद्ध कास्कीमा मुद्दा दर्ता ३ रवि लामिछानेसँग सरकारले कुनै प्रतिशोध राखेको छैनः प्रवक्ता महत ४ व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी ५ नवलपुरका २५ किसान समूह व्यावसायिक प्याजखेती गर्दै ६ ‘ड्रोन कार्यशाला’ शुरू ७ ठगिएकाको चिन्ता नगरी अनुसन्धान प्रभावित गर्ने कुरा राम्रो होइन्: गृहमन्त्री लेखकThe Film Nepal