Techie IT
२०८२ वैशाख ५, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालअर्घा भगवती मन्दिरमा धार्मिक पर्यटक बढे

अर्घा भगवती मन्दिरमा धार्मिक पर्यटक बढे


अर्घाखाँची । अर्घाखाँचीको धार्मिक तथा पर्यटकीयस्थल अर्घा भगवती मन्दिरमा पछिल्लो समय धार्मिक पर्यटकको वृद्धि भएको छ ।

बडादसैँमा विशेष पूजाआजा हुने यस मन्दिरमा कोजाग्रत पूर्णिमाका दिनसम्म देवी भागवती, वेद पाठ पारायण तथा दुर्गा सप्तशती पाठ भइरहेको पण्डित केशवराज आचार्य बताउँछन् । बडादसैँको घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म विशेष विधिबाट यहाँ पूजा गरिन्छ ।

कोजाग्रत पूर्णिमाका दिन सराये नाच हुने गर्छ । अर्घाको सरोये नाच देशभर प्रसिद्ध छ । हालः यस मन्दिरमा एसियाकै सबैभन्दा ठूलो भगवती मन्दिरको मूर्ति प्रतिस्थापन गरिएको छ । अर्घा दरबारअर्थात् अर्घा भगवती मन्दिरमा दस फिटको बेसमा, २१ फिटको मूर्ति राखिएको छ । मूर्तिसँगै सेल्फी खिच्ने पनि बढेका छन् ।

मूर्ति प्रतिस्थापनसँगै मन्दिर तथा पौवा निर्माण गरिएको छ । दरबार तथा मन्दिर वरिपरि चिटिक्क पारिएको छ । लिच्छवीकालदेखि नै यस दरबार तथा मन्दिरमा पूजाआजा हुँदै आइहेको मन्दिर संरक्षण समितिका अध्यक्ष सरोज भुसालको भनाइ छ ।

लुम्बिनीमा आएका पर्यटक तथा अर्घाखाँचीकै धार्मिक पर्यटकीयस्थल सुपा देउरालीमा आएका पर्यटकलाई सदरमुकाम सन्धिखर्क हुँदै अर्घामा लैजान एसियाकै सबैभन्दा ठूलो भगवती देवीको मूर्ति स्थापना गरिएको हो । सन्धिखर्क नगरपालिकाका पूर्वप्रमुख कमलप्रसाद भुसालले उक्त मूर्ति स्थापनाका लागि पहल गरेका थिए ।

गौतमबुद्धको जन्मस्थल लुम्बिनीसँगै गुल्मीको रेसुङ्गा र प्युठानको स्वर्गद्वाराीमा आएका पर्यटकलाई अर्घा दरबारमा लैजाने उद्देश्यले मूर्ति स्थापना गरिएको नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए । रासस




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चैत्र महिनामा ११ सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तार

काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको

सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश

काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर

मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदै

म्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति

सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकियो

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण

डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइते

डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको

काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी

Techie IT