Techie IT
२०८२ वैशाख ९, मंगलबार
NepaliPatra logo
गृहपृष्ठराजनीति‘पाँच बर्ष गठबन्धनको सरकार चल्छ’

‘पाँच बर्ष गठबन्धनको सरकार चल्छ’


रुकुमपश्चिम । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार कमजोर हुँदा देश र परिवर्तन खतरामा पर्ने बताएका छन् ।

बिहीबार रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका –६ मा आयोजित सहिद स्मृति खेलकुद तथा साँस्कृतिक कार्यक्रमको उद्घाटन गर्दैँ उनले उक्त धारणा व्यक्त गरेका हुन् ।

कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सरकारमा आएदेखि नयाँ काम सुरु गरेको र सुशासन नचाहने तत्वहरु छट्पटाएको दावी गरे । आफ्नो नेतृत्वको सरकारले भ्रष्टाचारबिरुद्धका फाइल खोलेर जनतालाई सुशासनको अनुभूति दिलाएको उनको भनाइ छ ।

उनले मिटरव्याज पीडितहरुको पक्षका कानुन बनाएको, अवैध रुपमा हुने सुन तस्करीबिरुद्ध कारबाही प्रक्रिया सुरु गरेको, ललिता निवास प्रकरणको छानबिन सुरु गरेको, भुटानी शरणार्थी, भूमाफिया र तस्करीबिरुद्ध वर्तमान सरकारले सशक्त कारबाही सुरु गरेपछि बिपक्षिहरु बिक्षिप्त बनेको चर्चा गरे ।

प्रधानमन्त्री प्रचण्डले सरकार कमजोर हुँदा देश र परिवर्तन खतरामा पर्ने भएकाले गठबन्धन थप बलियो हुन आवश्यक रहेको उल्लेख गरे । “पाँच बर्ष गठबन्धनको सरकार चल्छ” उनले भने, “वर्तमान सरकारलाई कसैले पनि हल्लाउन सक्ने छैन ।”

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

९ महिनामा ६ लाख ७ हजारभन्दा धेरै युवा कामको लागि…

काठमाडाैँ । चालु आर्थिक वर्षको ९ महिना काम खोज्दै ६ लाख ७ हजारभन्दा धेरै युवा विदेशिएका छन् । वैदेशिक रोजगार

ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौंमा

काठमाडौं । विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौं आइपुगेका छन् । उनी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका

मनाङमा सार्वजनिक बस सेवा सञ्चालन सुरु

मनाङ । हिमाली जिल्ला मनाङमा आइतबारदेखि नियमित रूपमा सार्वजनिक बस सेवा सञ्चालनमा ल्याइएको छ । ट्रयाक खोलिएको २२ वर्षपछि सदरमुकाम

पर्यटकको रोजाइमा विचित्र गुफा

गुल्मी । यहाँको धुर्कोट गाउँपालिका–५ स्थित विचित्र गुफा यतिबेला आन्तरिक एवं वाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ । जिल्ला सदरमुकाम

शिशिर स्मृति सम्मान डा. सुमन कर्माचार्यलाई

बर्दिवास । ३०औँ राष्ट्रिय छन्द दिवसको अवसरमा शिशिर घिमिरे स्मृति प्रतिष्ठानले बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम

संविधानको रक्षाका लागि प्रमुख तीन दलका शीर्ष नेताहरू एकसाथ उभिने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूले संविधानको रक्षाका लागि एकसाथ उभिने निष्कर्ष निकालेका छन् ।

Techie IT