एजेन्सी । दुई अमेरिकी नागरिकलाई रिहा गरेपछि हमासले सोमबार दुई इजरायली बन्धकलाई रिहा गरेको छ । यसपछि पनि इजरायलले गाजामा तीव्र हवाई आक्रमण गरिरहेको छ ।
२४ घण्टामा इजरायली सेनाको कारबाहीमा गाजामा ७ सय प्यालेस्टिनी मारिएको मिडिया रिपोर्टमा उल्लेख छ ।
यो तथ्यांक प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको हो ।
गत २४ घण्टामा इजरायलले गाजामा हमासका ४०० स्थानलाई निशाना बनाएको बताइएको छ ।
इजरायली सेनाका यी आक्रमणमा गाजामा ७०४ जनाको मृत्यु भएको हो।
इजरायलले गरेको बम आक्रमणमा एकै दिनमा मृत्यु हुनेको यो सबैभन्दा धेरै संख्या हो।
इजरायली आक्रमणका कारण गाजाका स्वास्थ्य संस्थाहरू नराम्ररी प्रभावित भएका छन्।
बिजुली नहुँदा धेरै अस्पताल बन्द हुन बाध्य भएका छन् ।