गृहपृष्ठ ∕ खेल ∕ भारतले न्यूजिल्याण्डलाई चार विकेटले हरायोभारतले न्यूजिल्याण्डलाई चार विकेटले हरायो नेपालीपत्र सोमबार, २०८० कात्तिक ६ गते, ०५:५१ मा प्रकाशित खेल एजेन्सी । एकदिवसीय विश्वकप २०२३ को २१ औं खेलमा भारतले न्यूजिल्याण्डलाई चार विकेटले पराजित गरेको छ । यो विश्वकपमा भारतको लगातार पाँचौ जित हो । यो जितसँगै भारतीय टोली अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । अहिले भारतको १० अंक छ ।आइतबार भएको खेलमा पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले निर्धारित ५० ओभरमा सबै १० विकेट गुमाएर २७३ रन बनाएको थियो । जवाफमा भारतले ४८ ओभरमा ६ विकेट गुमाएर २७४ रन बनाएर खेल ४ विकेटले जित्यो ।न्यूजिल्याण्डका लागि डेरिल मिचेलले सर्वाधिक १३० रन बनाए । रचिन रविन्द्रले ७५ र ग्लेन फिलिप्सले २३ रनको योगदान दिए । यी तीन बाहेक विल यङ (१७ रन)ले मात्र दोहोरो अंक छुन सके । भारतका लागि मोहम्मद शामीले ५ र कुलदीप यादवले २ विकेट लिए । जसप्रित बुमराह र मोहम्मद सिराजले एक–एक विकेट लिए ।भारतका लागि विराट कोहलीले ९५ रनको इनिङ खेले । रोहित शर्माले ४६ र रविन्द्र जडेजाले अविजित ३९ रन बनाए । श्रेयसले ३३ रन, राहुलले २७ रन र गिलले २६ रनको योगदान दिए । न्यूजिल्याण्डका लागि लोकी फर्गुसनले दुई विकेट लिए । यस्तै बोल्ट–हेनरी र सान्टनरले एक–एक विकेट लिए । #एकदिवसीय विश्वकपग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार यू–१९ महिला क्रिकेट: आज नेपाल श्रीलंका भिडदैकाठमाडौं । मलेसियामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटको सुपर फोरमा आज (बिहीबार) नेपालले श्रीलंकाको सामना गर्दैछ । मलेसियाको बायुमास जनकपुरलाई हराउँदै सुदूरपश्चिम एनपीएलकाे फाइनलमाकाठमाडाैँ । जनकपुर बाेल्ट्सलाई हराउँदै सुदूरपश्चिम राेयल्स पहिलाे संस्करणकाे नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटकाे फाइनलमा पुगेकाे छ । आज भएकाे चितवनलाई २१ रनले हराउँदै कर्णाली दोस्रो क्वालिफायरमा प्रवेशकाठमाडौँ । चितवन राइनोजलाई हराउँदै कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । कर्णालीले चितवनलाई २१ एनपीएलकाे विजेताले १ कराेड १० लाख रुपैयाँ पुरस्कार पाउनेकाठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको विजेता टोलीले एक करोड १० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ । नेपाल एसिसी यु १९ महिला एसिया कपमा नेपाल सुपर ४ माकाठमाडाैँ । १९ वर्षमुनिकाे महिला एशिया कप कप क्रिकेटमा नेपाल र भारतबीचकाे खेल वर्षाका कारण रद्द भएकाे छ । नेपालले यू-१९ महिला एसिया कपमा नेपालले आज भारत सँग खेल्दैकाठमाडौं । उन्नाइस वर्ष मुनिको महिला एशिया कप क्रिकेटमा नेपालले आज (मंगलबार) भारत सँग खेल्दैछ । मलेसियाको बायुमास ओभलमा नेपाललेधेरै पढिएका खबर १ रौतहटमा जीप दुर्घटना हुँदा चालक सहित एकै गाउँका आठ जनाको मृत्यु २ जाजरकोटमा जीप पल्टिँदा पाँच जनाको ज्यान गयो ३ ठगिएकाको चिन्ता नगरी अनुसन्धान प्रभावित गर्ने कुरा राम्रो होइन्: गृहमन्त्री लेखक ४ जनकपुर बोल्ट्स सुदूरपश्चिम रोयल्ससँग ७२ रनले पराजित ५ आजदेखि काठमाडौँका विभिन्न स्थानमा पुष ५ गतेसम्म ४ घण्टा विद्युत् अवरुद्ध हुने ६ एक आर्थिक वर्षमा पाँच लाखलाई रोजगारी सिर्जना गर्नुपर्छ: गगन थापा ७ उपप्रधान एवं शहरी विकास मन्त्री सिंह बञ्चरेडाँडामाThe Film Nepal