Techie IT
२०८२ वैशाख १०, बुधबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियइजरायलसँगको युद्धका बीच हमासद्वारा अमेरिकी आमा र छोरीलाई रिहा, २०० जना भन्दा बढी अझै पनि बन्धक

इजरायलसँगको युद्धका बीच हमासद्वारा अमेरिकी आमा र छोरीलाई रिहा, २०० जना भन्दा बढी अझै पनि बन्धक


एजेन्सी । इजरायलसँग चलिरहेको युद्धको बीचमा हमासले दुई अमेरिकीलाई रिहा गरेको छ। जसमा एक महिला र उनकी छोरी रहेका छन् ।

दुई साताअघि अक्टोबर ७ मा इजरायलमा हमलापछि हमासले दुवैलाई बन्धक बनाएको थियो ।

हमासले रिहा गरेका अमेरिकी आमा छोरीसँग पनि इजरायली नागरिकता रहेको छ ।

यी दुवै अमेरिकीहरू हाल इजरायली अधिकारीहरूसँग इजरायलमा सुरक्षित छन्।

हमासले कतार सरकारसँगको सम्झौताअनुसार उनीहरुलाई रिहा गरेको बताएको छ ।

अमेरिकाले आफ्ना नागरिकको रिहाइको स्वागत गरेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले उनको रिहाइको स्वागत गरेको बताएका छन् ।

तर यस युद्धमा अझै १० अमेरिकी नागरिक बेपत्ता छन्। ती मध्ये केहीलाई हमासले बन्धक बनाएको हुन सक्छ। ब्लिन्केनका अनुसार हमासले अझै पनि २०० भन्दा बढी मानिसहरूलाई बन्धक बनाएको छ। यसमा धेरै देशका पुरुष, महिला, युवा केटा, केटी, वृद्धवृद्धा समावेश छन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

भारतमा भएको आतङ्कवादी हमलाको नेपाल सरकारद्वारा निन्दा

काठमाडौं । जम्मु कश्मीरको पहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको बर्बर आतङ्कवादी हमलाको सरकारले कडा शब्दमा निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले

अमेरिकी उपराष्ट्रपति जेडी भान्स भारत आउँदै

एजेन्सी । अमेरिकी उपराष्ट्रपति जेडी भान्स र उनकी श्रीमती उषा भान्स आगामी साता भारत भ्रमणमा आउने भएका छन । उनले

गाजामा ६ महिना हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासद्वारा अस्वीप्कार

एजेन्सी । गाजामा छ हप्ता युद्धविरामका लागि हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासले अस्वीकार गरेको छ । इजरायलको योजनाले युद्ध

ट्रम्पले लगाए चिनियाँ बस्तुमाथि १४५ प्रतिशत आयातकर

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानलाई लक्षित गरी गरेको कर वृद्धिले धेरै उत्पादनमा १४५ प्रतिशत कर पुगेको छ

चीनको जवाफी कर नीतिले ट्रम्प आक्रोशित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको प्रतिकात्मक करको निर्णयप्रति आक्रोश व्यक्त गरेका छन् । चीनले ८४ प्रतिशत करको निर्णय

डोमिनिकन रिपब्लिकमा नाइटक्लबको छत भत्किँदा ७९ जनाको मृत्यु, १५० जना…

एजेन्सी । डोमिनिकन रिपब्लिकको राजधानी सान्टो डोमिङ्गोमा रहेको एक नाइटक्लबको छत भत्किँदा कम्तीमा ७९ जनाको मृत्यु भएको छ । दुर्घटनामा

Techie IT