Techie IT
२०८२ वैशाख ५, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअर्थचार दशकदेखि थान्का व्यावसायमा लागेका गिरी

चार दशकदेखि थान्का व्यावसायमा लागेका गिरी


काठमाडौँ। नेपालमा बिक्री हुने थान्काका करिब ९० प्रतिशत ग्राहक विदेशी पर्यटक छन्। सोही कारणले गर्दा थान्काको व्यवसाय विशेष गरेर ठमेल क्षेत्रमा बढी सञ्चालनमा आएका छन्। त्यस्तै, पर्यटकहरुको बढी चाप हुने क्षेत्रहरु बौद्ध, पाटन, बसन्तपुरमा यो व्यवसाय सञ्चालनमा छन्। थान्का नेपालका तामाङ, शेर्पा तथा गुरुङ जातिहरू तथा तिब्बती परम्परागत चित्रकला हो। यो नेपाली हस्तकलाको विविध विधामध्ये एक मौलिक कला हो। गौतम बुद्ध नेपालमा जन्मिएको कारणले गर्दा र थान्का बौद्ध दर्शनका आधारित एउटा विशिष्ट कला भएकोले नेपाली थान्काहरु विदेशी पर्यटकहरुले खरिद गरेर लैजाने गरेका छन्। यसले नेपाली कलाकृतिको अन्तर्राष्ट्रियस्तरमा प्रचार–प्रसार समेत भइरहेको छ।

ठमेलमा चार दशकअघि सञ्चालनमा आएको गौरी थान्का सेन्टरको आफ्नै कथा रहेको छ। यस थान्का सेन्टरका सञ्चालक गौरी गिरी हुन्। ६० वर्षीय गिरी २० वर्षको उमेरबाट थान्काको व्यवसायमा लागे। यस कार्यको लागि उनको परिवारको ठूलो सहयोग रहेको छ। मात्र १० रुपैयाँ बोकेर काठमाडौँ छिरेका उनको थान्का सेन्टरमा कुँदिएका चित्रहरु युरोप, अमेरिका, अष्ट्रेलिया, चीन, जापान लगायतका देशमा पुगेका छन्।

‘म २० वर्षको उमेरमा काठमाडौँ छिरेको हुँ। यहाँ आइपुग्दा मेरो गोजीमा मात्र १० रुपैयाँ थियो। काठमाडौँ आएपछि के गर्ने भन्ने त थियो,’ गिरी भन्छन्, ‘आफूलाई थान्काबारे केही ज्ञान भएको कारणले गर्दा ठमेलमा पसल सञ्चालनको लागि सानो कोठा भाडामा लिएँ। जोखिम लिएर पसल सञ्चालन गरेको हुनाले सुरुमा डर थियो। व्यवसाय जोखिम पनि भएको कारणले गर्दा भगवानलाई सम्झँदै सो कार्य सुरु गरेँ। अहिले फर्केर हेर्दा आफ्नो सफलतामा खुसी लाग्छ।

थान्का व्यवसायको लागि गिरीले करिब ५ लाख रुपैयाँ लगानी गरे। उनको थान्का सेन्टरमा कुँदिएका चित्रहरु अहिले न्यूनतम ५०० देखि १ लाख रुपैयाँसम्मा बिक्री भइरहेका छन्। ‘बढी मिहेनत र बढी लगानी गरिएका थान्काहरुको मूल्य बढी हुन्छ भने कम मिहेनत र कम लगानीमा बनेका थान्काहरुको मूल्य पनि न्यूनतम नै हुन्छ,’ गिरी भन्छन्।

थान्काको व्यवसायसँगै गिरी सामाजिक कार्यमा पनि सक्रिय रहेका छन्। २०७२ सालमा गएको भूकम्पले आफ्नै गाउँमा पनि ठूलो क्षति गरेपछि उनले ३ ट्रक धान वितरण गरे। त्यस्तै, करिब साढे ३ सय वटा पाल पनि उनले वितरण गरे। गिरीले कोरोनाभाइरसको महामारीको बेला नुवाकोटस्थित एक वृद्धाश्रमलाई कपडा पनि वितरण गरेका थिए। उनी भन्छन्, ‘म पनि सोही अवस्थाबाट आएको सर्वसाधरण नै भएको कारणले गर्दा पीडा कस्तो हुन्छ भन्ने बुझेको छु। आफ्नो सानो सहयोगले अरुको पीडामा मलम लगाउन सकिएको खण्डमा आफूलाई पनि त शान्ति मिल्छ।’

यद्यपी, सोही भूकम्प, नाकाबन्दी तथा कोरोनाको कारणले उनको व्यवसायलाई पनि नराम्रोसँग असर गर्यो। कठिन परिस्थितिमा ठमेल पर्यटकहरुको संख्यामा कमी आउँदा उनको व्यवसायले ठूलो चुनौतिको सामना गनुपर्यो। तर, हरेस नखाई आफ्नो काममा दत्तचित्त भएर लाग्दा चुनौतिहरुको सामना गर्न सकिने गिरीको भनाई छ।

त्यस्तै, थान्काको फोटोकपी गर्ने, बिचौलियाहरु अध्यधिक मूल्य राख्ने कारणहरुले गर्दा यो व्यवसाय जोखिममा रहेको उनी बताउँछन्। थान्का कलाकारको सीप र प्रतिभालाई विश्वव्यापी रूपमा प्रवद्र्धन गर्न सरकारले अन्तर्राष्ट्रिय प्रदर्शनी आयोजना गर्न सके, प्रतिलिपि अधिकारविरुद्ध कानुनी कारबाही गर्न सके यो व्यवसायको विस्ता हुने उनको भनाई छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

संविधानविरोधी गतिविधि स्वीकार्य छैनः गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधानविरोधी गतिविधि स्वीकार्य नभएको बताएका छन् । गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको पोखरामा उद्घाटन गर्दै उनले

विद्युतीकरणपछि चन्द्रनगरका किसान मकैखेतीतर्फ आकर्षित

सर्लाही। चन्द्रनगर गाउँपालिकाका किसान विद्युतीकरणपछि मकैखेतीतर्फ आकर्षित भएका छन् । सिँचाइ सुविधा नभएपछि यहाँका किसानले अकासे पानीको भरमा खेती गर्दै

नेप्सेकाे सीईओमा चूडामणि चापागाईं नियुक्त

काठमाडाैँ । नेपाल स्टक एक्सचेन्स (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चूडामणि चापागाईं नियुक्त भएका छन् । नवनियुक्त सीईओ

वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालनको जिम्मेवारी भारतीय कम्पनीलाई

पर्सा । पर्साको वीरगञ्ज सुक्खा बन्दरगाहको व्यवस्थापन र सञ्चालनको जिम्मेवारी भारतीय कम्पनी प्रिस्टिन मेगा लजिष्टिक पार्क प्रालिले पाएको छ ।

डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले सोमबार मध्यरातदेखि

आँबुखैरेनीका तीन सडक धमाधम स्तरोन्नति हुँदै

तनहुँ । आँबुखैरेनी गाउँपालिकाका मा तीन वटा ग्रामीण सडकको धमाधम स्तरोन्नतिको भइरहेको छ । तीनवटै सडकको काम अन्तिम चरणमा पुगेको

Techie IT