एजेन्सी । यस सिजनको प्रिमियर लिग सकिएसँगै क्लबहरु नयाँ सिजनका लागि तयारीमा जुटेका छन् ।
नयाँ खेलाडीहरु अनुबन्ध गर्ने दौडमा क्लबहरु रहेका छन् ।
मिडिया रिपोर्टका अनुसार म्यानचेस्टर युनाइटेडले टोटनहमका स्टार खेलाडी ह्यारी केनलाई अनुबन्ध गर्ने तयारी गरेको छ । म्यानुको प्रमुख रोजाईमा उनी रहेका छन् ।
तर, टोटनहमका प्रमुख ड्यानियल लेभीले प्रिमियर लिग प्रतिद्वन्दीलाई आफ्नो स्टार खेलाडी नबेच्ने प्रतिक्रिया दिएको बताइएको छ ।
सकेसम्म उनलाई क्लबमा नै राख्ने, यदी क्लबमा उनी बस्न नचाहेमा रियल मड्रिड वा वायर्न म्युनिखलाई बेच्ने तयारी गरेको बताइएको छ ।
अर्को वर्ष उनको क्लबसँगको सम्झौता सकिदैछ ।