Techie IT
२०८२ वैशाख १०, बुधबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रिययुक्रेनमाथि आक्रमणका लागि पुटिनद्वारा सैन्य मुख्यालयको भ्रमण

युक्रेनमाथि आक्रमणका लागि पुटिनद्वारा सैन्य मुख्यालयको भ्रमण


एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन हमलाको निरीक्षण गरिरहेको रोस्तोभ–अन–डनस्थित सैन्य मुख्यालयको भ्रमण गरेको क्रेमलिनले शुक्रबार बताएको छ ।

“पुटिनले पर्मबाट फर्किने क्रममा रोस्तोभ–अन–डनमा रुसी सशस्त्र फौजको मुख्यालयको भ्रमण गर्नुभयो”, क्रेमलिनले एक विज्ञप्तिमा भनेको छ । युराल्सस्थित पर्म सहरमा पुटिनले बिहीबार बिताएका थिए ।

सेना प्रमुख भ्यालेरी गेरासिमोभले युक्रेनमाथिको आक्रमणको अवस्था बारेमा पुटिनलाई जानकारी गराउनुभएको थियो । सन् २०२२ फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको हो ।

युक्रेनले रुससँगको युद्धमा पहिलोपटक अमेरिकाले दिएको एटीएसीएमएस लामो दूरीको मिसाइल प्रयोग गरेको मङ्गलबार घोषणा गरेपछि पुटिनले सैन्य मुख्यालय भ्रमण गरी सेनाप्रमुखसँग भेट गरेका हुन्।

बुधबार पुटिनले एक सय ६५ किलोमिटरसम्म मार हान्न सक्ने मिसाइलले युद्धमा कुनै प्रभाव नपार्ने भन्दै यसले युक्रेनको ‘पीडा’ लाई बढाउने मात्र बताए । एएफपी




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

भारतमा भएको आतङ्कवादी हमलाको नेपाल सरकारद्वारा निन्दा

काठमाडौं । जम्मु कश्मीरको पहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको बर्बर आतङ्कवादी हमलाको सरकारले कडा शब्दमा निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले

अमेरिकी उपराष्ट्रपति जेडी भान्स भारत आउँदै

एजेन्सी । अमेरिकी उपराष्ट्रपति जेडी भान्स र उनकी श्रीमती उषा भान्स आगामी साता भारत भ्रमणमा आउने भएका छन । उनले

गाजामा ६ महिना हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासद्वारा अस्वीप्कार

एजेन्सी । गाजामा छ हप्ता युद्धविरामका लागि हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासले अस्वीकार गरेको छ । इजरायलको योजनाले युद्ध

ट्रम्पले लगाए चिनियाँ बस्तुमाथि १४५ प्रतिशत आयातकर

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानलाई लक्षित गरी गरेको कर वृद्धिले धेरै उत्पादनमा १४५ प्रतिशत कर पुगेको छ

चीनको जवाफी कर नीतिले ट्रम्प आक्रोशित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको प्रतिकात्मक करको निर्णयप्रति आक्रोश व्यक्त गरेका छन् । चीनले ८४ प्रतिशत करको निर्णय

डोमिनिकन रिपब्लिकमा नाइटक्लबको छत भत्किँदा ७९ जनाको मृत्यु, १५० जना…

एजेन्सी । डोमिनिकन रिपब्लिकको राजधानी सान्टो डोमिङ्गोमा रहेको एक नाइटक्लबको छत भत्किँदा कम्तीमा ७९ जनाको मृत्यु भएको छ । दुर्घटनामा

Techie IT