एजेन्सी । अभिनेत्री शिल्पा शेट्टीका पति व्यापारी राज कुन्द्रा यतिबेला धेरै खुलासा गर्न व्यस्त छन् । राज कुन्द्राको फिल्म ‘युटी ६९’ चाँडै रिलिज हुँदैछ ।
लगातार मास्क लगाएर देखिने राज कुन्द्राले अहिले मास्क लगाउन छाडेका छन् ।
फिल्मको ट्रेलर रिलिज भएको दुई दिनपछि उनले आफ्नो सामाजिक सञ्जाल ह्यान्डलमा एउटा अचम्मको पोस्ट सेयर गरेका छन् ।
उनीहरुले उक्त पोस्टमा अलग भएको घोषणा गरेका छन् । उनले यसबारे धेरै जानकारी दिएका छैनन् ।
शिल्पाका पति राज कुन्द्राले पोस्टमा लेखेका छन्, हामी अलग भएका छौं र यो कठिन घडीमा हामीलाई समय दिनुहुन विनम्र अनुरोध छ।
शिल्पा शेट्टीका पतिको यो पोष्टले सबैको ध्यान तानिरहेको छ ।
राज कुन्द्राले किन यसो भनेका छन् भन्ने प्रश्न फ्यानहरुमा छ ।
धेरैले यसलाई शिल्पा शेट्टीसँग पनि जोडिरहेका छन् ।