Techie IT
२०८१ चैत्र ३०, शनिबार
NepaliPatra logo
गृहपृष्ठनेपालयसवर्ष दसैँमा मौसम सामान्यतया सफा रहने

यसवर्ष दसैँमा मौसम सामान्यतया सफा रहने


काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले यसपालीको दसैँमा मौसम सामान्यतया सफा रहने जनाएको छ।

महाशाखाका मौसमविद् रोजन लामिछानेले दसैँमा मौसम सफा रहने जानकारी दिए। ‘दसैँमा मौसम सफा रहने देखिन्छ। देशका पहाडी भेगका एक÷दुई स्थानमा बदली र हल्का वर्षा रहेपनि सामान्यतया मौसम राम्रो रहने देखिन्छ,’ उनले भने।

महाशाखाले आज साँझ या भोलि शुक्रबार दसैँको विशेष बुलेटिन जारी गर्ने तयारी गरेको जनाएको छ। मौसमी अवस्थाबारे विज्ञहरुबीच छलफल भइरहेकाले छिट्टै दसैँ बुलेटिन आउने मौसमविद् लामिछानेले बताए।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। जसका कारण अहिले देशका पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन रचट्याङगसहित हल्का वर्षाको सम्भावना छ।

देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। रातिको समयमा कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागका एक दुईस्थानमा मेघगर्जन÷चट्याङगसहित हल्का वर्षाको सम्भावना छ।

भोलि शुक्रबार पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा मेघगर्जन÷चट्याङगसहित हल्का वर्षाको सम्भावना छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकियो

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण

डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइते

डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको

काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी

पाठ्यपुस्तक पर्याप्त छन्: जनक शिक्षा प्रादेशिक कार्यालय

चितवन । नयाँ शैक्षिकसत्र शुरु भएसँगै यहाँस्थित जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालयले आफूसँग विद्यालयस्तरका पाठ्यपुस्तकको मौज्दात पर्याप्त रहेको बताएको

‘पोखरा-छेन्दु उडानलाई नियमित गर्न सबैको सहयोग आवश्यक छ’

कास्की । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट शुरु भएको चीनको सिचुवान प्रान्तको छेन्दुको सिधा उडानलाई निरन्तरता दिन

चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा

Techie IT