एजेन्सी । अमेरिका र चीनबीचको तनाव विस्तारै बढ्दै गएको छ । चीनले बारम्बार अमेरिकालाई उक्साउने गरेको आरोप लाग्दै आइरहेको छ । योसँगै दक्षिण चीन सागरमा पनि दुई देशबीच फेरि तनाव उत्पन्न भएको छ ।
मिडिया रिपोर्टका अनुसार अमेरिकाले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘चिनियाँ लडाकु विमानले दक्षिण चीन सागरमा अन्तर्राष्ट्रिय हवाई क्षेत्रमा अमेरिकी विमानको नजिकै ‘आक्रामक’ युद्धाभ्यास देखाएको छ।
अमेरिकी सेनाको कमाण्डले आफ्नो बयानमा गत हप्ता चीनको जे–१६ विमानका कारण अमेरिकी आरसी–१३५ विमानले अशान्तिको सामना गर्नुपरेको बताए।
अमेरिकाबाट यसको भिडियो पनि सार्वजनिक भएको छ ।
यो भिडियो ट्वीटरमा शेयर गरिएको छ ।
यसमा एउटा लडाकु विमान अमेरिकी विमानको अगाडिबाट गुज्रिरहेको देखिन्छ ।
आरसी–१३५ को ककपिट पनि टर्ब्युलेन्सका कारण स्पष्ट रूपमा हिडिरहेको देख्न सकिन्छ।
यद्यपी चिनियाँ दूतावासले हालसम्म कुनै विज्ञप्ति जारी गरेको छैन ।
अमेरिकाले एक विज्ञप्तिमा भनेको छ,‘जहाँ पनि अन्तर्राष्ट्रिय कानूनले अनुमति दिन्छ। त्यहाँ अमेरिकाले सुरक्षित रूपमा उडान र काम जारी राख्नेछ।’