Techie IT
२०८१ असोज ३, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठखेलअन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता कात्तिक तेस्रो सातादेखि

अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता कात्तिक तेस्रो सातादेखि


वीरगञ्ज । पर्साको वीरगञ्जमा यही कात्तिक १८ गतेदेखि मधेस प्रदेशकै सर्वाधिक पुरस्कार राशिको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हुने भएको छ । भेट्रान सिटी क्लब वीरगञ्जको आयोजनामा ‘प्रथम वीरगञ्ज गोल्ड कप २०८०’ वीरगञ्जमा हुन लागेको हो ।

प्रतियोगिता कात्तिक २५ गतेसम्म चल्नेछ । प्रतियोगितामा नेपालका त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सङ्कटा क्लब, चर्च ब्वाइज युनाइटेड, झापा एफसी, आयोजक भेट्रान सिटी क्लब वीरगञ्ज, भारतको कोलकत्ताको क्लाइभ हाउस डमडम र दिल्लीको नर्थ जोन फुटबल टोलीको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष सविन बस्नेतले जानकारी दिए ।

प्रतियोगिताको विजेताले रु ११ लाख ११ हजार एक सय ११ र उपविजेताले रु पाँच लाख ५५ हजार पाँच सय ५५ पुरस्कार प्राप्त गर्ने अध्यक्ष बस्नेतले बताए । रासस

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

पाँचथरको याङवरकमा बहुउद्देश्यीय कभर्डहल निर्माण

पाँचथर । याङवरक गाउँपालिकाले बीचगाउँमा बहुउद्देश्यीय कभर्डहल निर्माण गरेको छ । पालिकाले सङ्घीय र कोशी प्रदेश सरकारसँगको लागत साझेदारीमा रु

ललितपुर क्विन्सले ट्यालेन्ट हन्ट गर्ने

काठमाडौं । एभरेष्ट महिला भलिबल लिग (ईडब्लूभीएल)को टोली ललितपुर क्विन्सले असोज ५ गते ट्यालेन्ट हन्ट गर्ने भएको छ । जावलाखेलस्थित

नेपाल पुलिस र माल्दिभ्सको क्लब वाम्कोबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ । नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनशिपको चौथो खेलमा आज माल्दिभ्सको क्लबसँग खेल्दैछ । पुलिस क्लब र

क्यानाडामा जारी त्रिदेशीय श्रृंखलामा नेपाल ओमानसँग पराजित

काठमाडौँ । क्यानाडामा जारी त्रिदेशीय क्रिकेट श्रृंखलामा नेपालले लगातार दोस्रो हार भोगेको छ । किङ्ग सिटीमा गएराति भएको खेलमा नेपाललाई

५ दिनअघि मात्र ‘मिस्टर काठमाडौं’को उपाधि जितेका प्रकाश राईको मृत्यु

काठमाडौँ । पाँचौं मिस्टर काठमाडौँ शारीरिक सुगठन प्रतियोगिताका विजेता प्रकाश राईको हृदयघातका कारण निधन भएको छ । ४५ वर्षीय राईलाई

एन्फा महिला लिगमा आज पुलिस क्लब र चन्द्रपुर नगरपालिका तथा…

काठमाडाैँ । एन्फा महिला लिग फुटबलमा आज दुईवटा खेल हुँदैछन् । आजको पहिलो खेलमा नेपाल पुलिस क्लब र चन्द्रपुर नगरपालिका

Techie IT