गृहपृष्ठ ∕
राजनीति ∕
गालिगलौजलाई अन्त्य गर्दै सहमतिको मन्त्रिमण्डल बनाएर काम गर्नुपर्छः जनार्दन शर्मा गालिगलौजलाई अन्त्य गर्दै सहमतिको मन्त्रिमण्डल बनाएर काम गर्नुपर्छः जनार्दन शर्मा
काठमाडौँ। नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताएका छन्। बुधवार नेकपा माओवादी केन्द्र काठमाडौँ महानगर कमिटी वडा नं. १६ ले दशैँको अवसरमा आयोजना गरेको शुभकामना तथा चियापान समारोहलाई सम्बोधन गर्दै शर्माले राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताएका हुन्।
पार्टीहरुका बिचमा प्रतिस्पर्धामा चुनाव गर्नुपर्ने र चुनावपछि राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने उनको धारणा छ। उनले सरकारको नेतृत्व भाग लगाएर लिने गर्नाले सरकारको काममा गति नआएको उल्लेख गरे।
दलहरुका बिचमा आपसी गालिगलौजलाई अन्त्य गर्दै सहमतिको मन्त्रिमण्डल बनाएर काम गर्नुपर्ने तर्क गरे। सहमतिको सरकार बनाउन सकेमा मात्रै ठूलो परियोजनाका काम गर्न सकिने र देशलाई समृद्ध बनाउन सकिने उनको भनाई थियो।
शर्माले माओवादी केन्द्र आगामी चुनावमा कसैसँग गठबन्धन नगर्ने बताए। उनले माओवादी केन्द्र एक्लै चुनाव लड्ने स्पष्ट पारे।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १० दिन थुनामा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको
बागलुङ । जिल्लाको ढोरपाटन नगरपालिका–२ सलामकोटका चुडामणि कँडेलले ६ वर्षदेखि कालिज पालन गर्दै आएका छन् । पेसाले स्वास्थ्यकर्मी कँडेल बुर्तिवाङ
एजेन्सी । गाजा सहरको पूर्वमा रहेको तुफाहमा भएको इजरायली हमलामा ४ जना प्यालेस्टिनीको मृत्यु भएको छ । हमला बाट सेनाले
काठमाडौं । बाढीपहिरोले क्षति पुगेको काबेली करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको पुनःनिर्माण सम्पन्न भएको छ । गत असोज
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मंसिर तेस्रो साता चीन भ्रमणमा जाने भएका छन् । चिनियाँ प्रधानमन्त्री ली कियाङले आगामी
काठमाडौं । सन् २०२४ को १० महिनामा नौ लाख ४० हजार सात सय ३२ विदेशी पर्यटक आएका छन् । नेपाल