काठमाडौँ। त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाका लागि नेपाली टीमको घोषणा भएको छ। बुधबारदेखि सुरू हुने शृंखलामा नेपालले यूएई र हङकङसँग खेल्नेछ।
१८ सदस्यीय नेपाली टोलीमा ललितनारायण राजवंशी फर्किएका छन्। उनी यसअघि घाइते थिए। रोहित पौडेलको कप्तानीमा रहेको टोलीमा सोमपाल कामी, करण केसी, सन्दीप जोरा, कुशल भुर्तेल, कुशल मल्ल, विनोद भण्डारी, सागर ढकाल, लोकेश बम, सूर्य तामाङ, श्याम ढकाल, प्रतीश जिसी, दीपेन्द्रसिंह ऐरी र आसिफ शेख छन्।
गुल्सन झा, विवेक यादब र अविनाश बोहरा पनि टोलीमा छन्। प्रतियोगिता विश्वकप छनोटको तयारीस्वरुप नेपालले आयोजना गर्न लागेको हो।