Techie IT
२०८२ वैशाख ५, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालविराटनगरमा सामूहिक बलात्कार आरोपमा तीनजना पक्राउ

विराटनगरमा सामूहिक बलात्कार आरोपमा तीनजना पक्राउ


विराटनगर। युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा विराटनगरबाट तीन यातायात मजदुर पक्राउ परेका छन्।

पक्राउ पर्नेमा धनुषाको मिथिला बिहारी नगरपालिका–११ का ४३ वर्षीय टेकबहादुर तामाङ, सोही ठाउँका २० वर्षीय विनोद चौहान र सिन्धुलीका १६ वर्षीय बालक रहेका छन्। ती युवतीले आफूमाथि सामूहिक बलात्कार भएको भन्ने किटानी जाहेरी दिएपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार तामाङ प्रदेश २–०४–००१ ख ००२१ नम्बरको ट्रकका चालक हुन्। चौहान सोही ट्रकका सहचालक हुन्। १६ वर्षे बालक पनि उनीहरूकै सहयोगी भएको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं डीएसपी रन्जनकुमार दाहालका अनुसार उनीहरूले विराटनगर महानगरपालिका–३ मा २५ वर्षीया युवतीको बलात्कार गरेको आरोप छ।

विराटनगर बसपार्कस्थित एक होटेलमा खाना पुगेका चालक, सहचालक र सहयोगीले युवतीलाई सिटी सफारीमार्फत ट्रक राखिएको स्थानमा पुर्‍याएका थिए। युवतीलाई ललाइफकाइ ट्रक पार्किङमा राखिएकै ठाउँमा लगेर पालैपालो बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

ती युवतीले होहल्ला गरेपछि स्थानीय र पैदलयात्रीले घटनाबारे थाहा पाएका थिए। स्थानीयको समूह घटनास्थलमा पुगेपछि उनीहरू तीनैजना ट्रकभित्र लुकेका थिए।

आक्रोशित स्थानीयले ढुंगामुढा गरेका थिए। ढुंगामुढाबाट ट्रकका सिसा फुटेका छन्।

पक्राउ परेकाविरुद्ध जबर्जस्ती करणी मुद्दा चलाइने डीएसपी दाहालले बताए। दाहालले भने, “ट्रक पार्किङ गरेकै स्थानमा बलात्कार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।”




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चैत्र महिनामा ११ सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तार

काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको

सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश

काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर

मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदै

म्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति

सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकियो

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण

डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइते

डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको

काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी

Techie IT