Techie IT
२०८१ असोज २, बिहीबार
NepaliPatra logo
गृहपृष्ठराजनीति‘अहिलेसम्म जेजे भयो यसको जिम्मा सबै दलले लिनुपर्छ र एक भएर नागरिकका पक्षमा काम गर्नुपर्छ’

‘अहिलेसम्म जेजे भयो यसको जिम्मा सबै दलले लिनुपर्छ र एक भएर नागरिकका पक्षमा काम गर्नुपर्छ’


दमौली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले विकास र समृद्धिका लागि सबै दल एकजुट हुनुपर्ने बताएका छन् । नेपाली कांग्रेस व्यास नगर समितिले बडा दसैँका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले अहिलेको मुख्य कार्यभार देशको विकास र समृद्धि भएकाले यसतर्फ सबैको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिए ।

नेता भण्डारीले अन्य कुरामा राजनीतिक दलबिच मतभेद भए पनि विकास र समृद्धिका पक्षमा सबैको साझा एजेण्डा हुनुपर्ने बताए । उनले भने, “सबै दलबिच एकता अहिलेको आवश्यकता हो । अहिलेसम्म जेजे भयो यसको जिम्मा सबै दलले लिनुपर्छ र एक भएर नागरिकका पक्षमा काम गर्नुपर्छ ।”

नेता भण्डारीले देशमा धर्म र संस्कृतिमाथि प्रहार हुन थालेकाले सचेत हुनुपर्नेमा जोड दिए । धर्म संस्कृति मासिए देश खतरामा पर्ने बताउँदै धर्म र संस्कृतिको रक्षाका लागि सबै नेपालीबिच एकताको खाँचो रहेको उनको भनाइ थियो ।

कार्यक्रममा नेकपा (एमाले) व्यास नगर कमिटीका अध्यक्ष तुल्सीराम पाण्डे, नेकपा (माओवादी) केन्द्रका संयोजक रामचन्द्र सापकोटा, नेकपा (एकीकृत समाजवादी) का संयोजक मङ्गलप्रसाद श्रेष्ठले विकास निर्माणमा सबै दलबिच एकता आवश्यक रहेकामा जोड दिएका थिए । रासस




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

ललितपुर क्विन्सले ट्यालेन्ट हन्ट गर्ने

काठमाडौं । एभरेष्ट महिला भलिबल लिग (ईडब्लूभीएल)को टोली ललितपुर क्विन्सले असोज ५ गते ट्यालेन्ट हन्ट गर्ने भएको छ । जावलाखेलस्थित

प्रदेश सरकारलाई बलियो बनाएमा गणतन्त्र मजबुत हुन्छ: मधेस मुख्यमन्त्री सिंह

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारलाई बलियो बनाएको खण्डमा मात्र लोकतन्त्र, गणतन्त्र मजबुत भइ संविधान बलियो हुने

जोमसोममा बसपार्क सञ्चालन

म्याग्दी । १८ वर्षअघि सडक सञ्जालसँग जोडिएको मुस्ताङको सदरमुकाम जोमसोममा बसपार्क सञ्चालन भएको छ । विसं २०६३ चैतमा सडक सञ्जालसँग

१६ देशका लागि सिफारिस राजदूतको नाम अनुमोदन

काठमाडौँ । संसदीय सुनुवाइ समितिले १६ देशका लागि नेपाली राजदूतको नाम अनुमोदन गरेको छ । बिहीबार सिंहदरबारमा बसेको बैठकले सरकारले

श्रीलंकाको प्रस्तावित राजदूत भट्टराईको शैक्षिक योग्यता भेटिएन

काठमाडौँ । श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको न्यूनतम शैक्षिक योग्यता नपुग्ने देखिएको छ । सरकारले श्रीलंकाका लागि प्रस्तावित गरेका

संविधानविरुद्धमा प्रदर्शन गरेको आरोपमा ७ पक्राउ

काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि संविधानको विरुद्धमा प्रदर्शन गरेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।

Techie IT