Techie IT
२०८२ वैशाख ७, आईतबार
NepaliPatra logo
गृहपृष्ठनेपालराष्ट्रपतिसमक्ष दुई आयोगका प्रतिवेदन प्रस्तुत

राष्ट्रपतिसमक्ष दुई आयोगका प्रतिवेदन प्रस्तुत


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय महिला आयोग र मधेसी आयागका प्रतिवेदन प्रस्तुत भएका छन् ।

राष्ट्रपति कार्यालयमा आज आयोजित बेग्लाबेग्लै कार्यक्रममा राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले आयोगको १६औँ वार्षिक प्रतिवेदन र मधेसी आयोगका अध्यक्ष डा विजयकुमार दत्तले आफू नेतृत्वको आयोगको प्रतिवेदन प्रस्तुत गरेको हो ।

त्यस अवसरमा राष्ट्रपति पौडेलले महिलाको हकहित, लैङ्गिक समानता, महिला सशक्तिकरणसँग सम्बन्धित विषयमा आयोगको जिम्मेवारी र दायित्व गहन रहेको बताउँदै धेरै प्रयासका बाबजुद केही क्षेत्रमा महिलाको उपस्थिति आशालाग्दो देखिए पनि जनसङ्ख्याको आधा हिस्सा ओगटेको वर्गको निर्णायक तहमा प्रतिनिधित्व अझै सन्तोषजनक नरहेको बताए ।

“राष्ट्रिय जीवनका अन्य महत्वपूर्ण क्षेत्रमा महिलाको उपस्थिति र योगदानलाई अझ प्रभावकारी बनाउनुपर्ने भएको छ, आगामी दिनमा महिला आयोगले अझ सशक्त र प्रभावकारी रुपमा कार्यसम्पादन गर्नेमा म विश्वस्त छु”, उनले भने, ।

आयोगले आफ्नो संवैधानिक र कानुनी दायित्व पूरा गर्ने क्रममा प्रस्तुत प्रतिवेदनका महत्वपूर्ण विषयलाई नेपाल सरकारले प्रभावकारी रुपमा सम्बोधन गर्ने विश्वास राष्ट्रपतिले व्यक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले गाउँघरमा पछाडि परेका महिलाको जीवनस्तर उकास्न सामाजिक अभियान चलाउन आवश्यक भएकामा जोड दिएका छन् ।

यसैगरी, राष्ट्रपति पौडेलले मधेसी आयोगको प्रतिवेदन ग्रहण गर्दै मधेसमा पनि सिङ्गो देशकोजस्तै भाषिक र सांस्कृतिक विविधता रहेको बताए । उनले नेपालको तराई क्षेत्रमा युगौँदेखि बसोबास गर्दै आएको मधेसी समुदायको भाषा, संस्कृति, वेषभूषा, परम्परा, सभ्यता र संस्कार देशको विविधताजस्तै विविधतापूर्ण रहेको बताए ।

राष्ट्रपतिले भने, “नेपाल बहुभाषिक र बहुसांस्कृतिक मुलुक हो । मधेसमा पनि भाषा, संस्कृति, वेषभूषा, परम्परा, सभ्यता र संस्कारमा सिङ्गै देशको जस्तै विविधता छ । मधेसमा बोलिने भाषा, त्यहाँका संस्कृति व्यक्ति र समुदायको पहिचान र अपनत्व कायम राख्ने महत्वपूर्ण माध्यम हो ।”

राष्ट्रपतिले देशको सांस्कृतिक विविधता कायम राख्दै समानता एवम् सहअस्तित्वका आधारमा विभिन्न जातजाति समुदायको भाषा, लिपि, संस्कृति, साहित्य कला र सम्पदाको संरक्षण र विकास गर्ने राज्यको सामाजिक र सांस्कृतिक रूपान्तरणसम्बन्धी नीति रहेको बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

शिशिर स्मृति सम्मान डा. सुमन कर्माचार्यलाई

बर्दिवास । ३०औँ राष्ट्रिय छन्द दिवसको अवसरमा शिशिर घिमिरे स्मृति प्रतिष्ठानले बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम

विद्युत् सेवा पटक पटक अवरुद्ध हुँदा उपभोक्ता समस्यामा

खोटाङ । दश स्थानीय तह रहेको जिल्लाका ९६ प्रतिशत घरपरिवार उपभोक्ताले विद्युत् उपभोग गरेको पाइएको छ । नेपाल विद्युत् प्राधिकरणले

गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठको परम्परा

म्याग्दी । धवलागिरि गाउँपालिका–३ मुनाका ७१ वर्षीय खड्कमान पुनको दैनिकी घुम्ती गोठमा बित्ने गरेको छ । परम्परागत रूपमा गाईपालन गर्दै

सरकारलाई दबाब दिन विद्यालय बन्द गर्न शिक्षक महासंघको आग्रह

काठमाडौं । नेपाल शिक्षक महासंघले आन्दोलनलाई अन्तिम र निर्णायक बनाउन सबै शिक्षक तथा विद्यालय कर्मचारीलाई आन्दोलनमा जुट्न आग्रह गरेको छ

चैत्र महिनामा ११ सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तार

काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको

सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश

काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर

Techie IT