Techie IT
२०८२ वैशाख ५, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठखेललाओसविरुद्ध घरेलु मैदानमा विश्वकप छनोट खेल्न नेपाल तयार

लाओसविरुद्ध घरेलु मैदानमा विश्वकप छनोट खेल्न नेपाल तयार


काठमाडौँ । नेपालले घरेलु मैदानमा बिहीबार लोओसविरुद्ध खेल्दै विश्वकप छनोट यात्रा शुरू गर्दैछ । नेपाल र लाओसबीचको खेल भोलि साँझ साढे ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ ।

खेलको अघिल्लो दिन अर्थात् आज बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिस र कप्तान किरण लिम्बू (चेम्जोङ)ले नेपाल लाओसविरुद्ध खेल्न तयार रहेको बताएका छन् ।

प्रशिक्षक एनिसले आफ्नो करिअरको पहिलो विश्वकप छनोट भएकाले यो खेल आफ्ना लागि अवसर पनि भएको बताए। “यो मरो पनि पहिलो विश्वकप छनोट हो। मैले आफ्नो तर्फबाट शतप्रतिशत दिने प्रयास गरेको छु,” प्रशिक्षक एनिसले भने ।

टिममा रहेका नयाँ र उर्जावान युवा धेरै हदसम्म आफ्नो शैलीमा निपूर्ण भइसकेको बताउँदै उनले तयारी गर्न पर्याप्त समय भएकाले नेपाली खेलाडी शारिरिक, मानसिक र प्राविधक रुपमा तयार भएको जानकारी दिए । “रिजल्टबारे अहिले भन्न चाहन्न, भोलि मैदानमा देखाउने छु,” उनले भने ।

यस्तै, राष्ट्रिय टोलीका कप्तान चेम्जोङले यो पटक लामो तयारी गरिएको बताउँदै लाओसले पनि राम्रो तयारी गरेको र टिममा केही परिर्वतन आएकाले त्रिदेशीय कपमा जस्तो नहुने बताए । विदेशमा खेलिरहका खेलाडी मनिष डाँगी, रोहित चन्द र आफू टोलीमा फर्किएपछि युवा टिममा आत्मविस्वास बढेको उनको भनाइ छ ।

बिहीबारको खेललाई भव्य बनाउन कप्तान चेम्जोङले दर्शकलाई आग्रह गर्दै रंगशालामा भरिभराउ दर्शकले टोलीको आत्मबल बढ्ने बताए । “भोलि नेपालको ठूलो झण्डा देख्न पाउँ, सबै मिलेर खेलभर राष्ट्रियगान अनि रातो र चन्द्रसूर्य गाऔं ।”




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस

काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग

हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिक

काठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का

आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाई

काठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा

ललितपुर महानगरले मेयर कप भलिबल आयोजना गर्दै

काठमाडौं । ललितपुर महानगरपालिकाको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि शुरु हुने भएको छ

साग स्वर्ण पदक विजेता विप्लवको सन्न्यास घोषणा

काठमाडाैँ । १३औं दक्षिण एशियाली खेलकुद सागका स्वर्ण विजेता करातेका खेलाडी विप्लवलाल श्रेष्ठले सन्नयास घोषणा गरेका छन् । गएको वर्ष

५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालन

बागलुङ । बागलुङमा ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । चार जना भुतपूर्व बेलायती र दुई

Techie IT