गृहपृष्ठ ∕
खेल ∕
विश्वकप छनोटमा लाओसविरूद्ध खेल्ने नेपाली टिम घोषणा विश्वकप छनोटमा लाओसविरूद्ध खेल्ने नेपाली टिम घोषणा
काठमाडौँ। लाओसविरुद्धको खेलको लागि नेपाली फुटबल टिमको घोषणा भएको छ। फिफा विश्वकप फुटबल छनोट खेलका लागि मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले अन्तिम टोली घोषणा गरेका हुन्।
आज आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक एनेसेले यो खेल आफ्ना लागि पनि अवसर भएको बताए। उनले आफ्नो तर्फबाट जितको लागि शत प्रतिशत प्रयास गर्ने बताएका छन्।
त्यस्तै, राष्ट्रिय टिमका कप्तान किरण चेम्जोङले पनि नतिजा राम्रो आउने विश्वास व्यक्त गरे। उनले दशरथ रंगशालामा हुने खेललाई भव्य बनाउन दर्शकहरुसँग आग्रह पनि गरेकाछन्।
नेपालले बिहीबार साँझ ५ः३० बजे लाओससँग दशरथ रंगशालामा पहिलो चरणको पहिलो लेग खेल्नेछ। दोस्रो लेग आगामी साता लाओसमा हुनेछ। दुई लेगमा उत्कृष्ट रहने टिम दोस्रो चरणमा पुग्नेछ।
नेपाली टिम
- गोलकिपरः किरणकुमार लिम्बु, दीप कार्की, अभिषेक बराल
- डिफेन्डरः सनिश श्रेष्ठ, अनन्त तामाङ, आशिष गुरुङ, रोहित चन्द, अन्जन राई, अमृत श्रेष्ठ, एरिक विष्ट
- मिडफिल्डरः सुदीप गुरुङ, लकेन लिम्बु, आवास लामिछाने, उत्सव राई, कृतिश रत्न छिन्जु, मनिष डाँगी, आशिष चौधरी
- फरवार्डः अन्जन विष्ट, आयुष घलान, जिलेस्पी जंग कार्की, दिनेश हेन्जन, हिसुब थपलिया, सञ्जीव विष्ट
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौँ । ललितपुर सिटी एफसी लगातार दोस्रोपटक नेपाल सुपर लिग (एनएसएल)को च्याम्पियन बनेको छ । ललितपुर तेस्रो संस्करणको फाइनलमा शनिबार
काठमाडाैँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने भनेको लिग कम नकआउट फुटबल प्रतियोगिता एन्फा कप नहुने भएको छ
काठमाडौं । विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौं आइपुगेका छन् । उनी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका
काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग
काठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का
काठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा