Techie IT
२०८२ वैशाख ८, सोमबार
NepaliPatra logo
गृहपृष्ठखेलएकदिवसीय विश्वकपः भारत र अफगानिस्तानबीच प्रतिस्पर्धा हुँदै

एकदिवसीय विश्वकपः भारत र अफगानिस्तानबीच प्रतिस्पर्धा हुँदै


एजेन्सी । विश्वकप २०२३ अन्तर्गत भारतले आज बुधबार अफगानिस्तानको सामना गर्दैछ । यो खेल दिउँसो २ः१५ बजेदेखि नयाँ दिल्लीको अरुण जेटली स्टेडियममा हुनेछ । टस दिउँसो १ः४५ बजे हुनेछ ।

टीम इन्डियाका नियमित ओपनर शुभमन गिल डेंगुका कारण यो खेल खेल्न पाउने छैनन् । उनको स्थानमा रोहित शर्मासँगै इशान किशनले ओपनिङ गर्ने सम्भावना छ । तर, अष्ट्रेलियाविरुद्धको खेलमा उनी खाता नखोलेर पेभिलियन फर्किएका थिए ।

शुभमन गिल टोलीसँग दिल्ली आएका छैनन् । तर, उनलाई चेन्नईको अस्पतालबाट डिस्चार्ज गरिएको छ । उनी छिटो निको भइरहेका छन्, यद्यपि, मैदानमा फर्किनेबारे अझै स्पष्ट भइसकेको छैन । यो खेलमा उनको स्थानमा इशान किशनले पनि ओपनिङ गर्ने सम्भावना छ । तर, टोली व्यवस्थापनले यो खेलमा सूर्यकुमार यादवलाई पनि मौका दिन सक्नेछ ।

अर्कोतर्फ अफगानिस्तानको टोलीमा फिटनेससँग सम्बन्धित कुनै समस्या छैन । टोली भारतलाई घरेलु मैदानमा कडा चुनौती दिन चाहन्छ ।

भारत र अफगानिस्तानबीच अहिलेसम्म तीन ओडिआई मात्रै खेलिएको छ । जसमध्ये भारतले दुई खेल जितेको छ भने एक खेल बराबरीमा सकिएको छ । यो खेलमा पनि टीम इण्डिया बलियो देखिन्छ । उसको पछिल्लो फर्म उत्कृष्ट रहेको छ । यस विश्वकपको सबैभन्दा बलियो टोली अष्ट्रेलियालाई ६ विकेटले पराजित गर्दै टिम इन्डियाले आफ्नो यात्रा सुरु गरेको थियो । यता अफगानिस्तानले भने बंगलादेशसँग हार बेहोरेको थियो ।

कस्तो छ दिल्लीको पिच ?
यस मैदानमा हालसम्म २७ ओडिआई खेल भएका छन् । पहिले ब्याटिङ गर्ने टोलीले १३ खेल जितेको छ भने लक्ष्य पछ्याउने टोलीले पनि त्यति नै खेल जितेको छ । एक खेलको नतिजा भने टुंगो लाग्न सकेको छैन । पछिल्ला ६ खेलमध्ये ५ खेलमा टस जितेर पहिले ब्याटिङ गरेको टोलीले खेल जितेको छ । पहिलो इनिङ्सको औसत स्कोर २६० रन रहेको छ ।

यहाँ सर्वाधिक रन चेस गर्ने कीर्तिमान टीम इन्डियाको नाममा छ । सन् १९८२ मा भारतले श्रीलंकाविरुद्ध २७८ रन बनाएर जितेको थियो । यहाँ विकेट सुस्त छ । दक्षिण अफ्रिका र श्रीलंकाबीचको अन्तिम खेलमा दुवै टोलीले करिब ८०० रन बनाएका थिए । यसपटक पनि विकेटले ब्याटिङ मैत्री हुने र टस जित्ने टोलीले पहिले ब्याटिङलाई महत्व दिने विश्वास गरिएको छ ।

कस्तो छ दिल्लीको मौसम ?
बुधबार भारतको राजधानी दिल्लीको मौसम पूर्ण रुपमा सफा रहनेछ । हावाको गति १३ देखि १५ किलोमिटर प्रतिघण्टा रहनेछ । आर्द्रता लगभग ४० प्रतिशत हुन सक्छ । पानी पर्ने सम्भावना छैन । त्यसैले, पूर्ण र उत्कृष्ट खेलको अपेक्षा राख्न सकिन्छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस

काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग

हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिक

काठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का

आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाई

काठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा

ललितपुर महानगरले मेयर कप भलिबल आयोजना गर्दै

काठमाडौं । ललितपुर महानगरपालिकाको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि शुरु हुने भएको छ

साग स्वर्ण पदक विजेता विप्लवको सन्न्यास घोषणा

काठमाडाैँ । १३औं दक्षिण एशियाली खेलकुद सागका स्वर्ण विजेता करातेका खेलाडी विप्लवलाल श्रेष्ठले सन्नयास घोषणा गरेका छन् । गएको वर्ष

५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालन

बागलुङ । बागलुङमा ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । चार जना भुतपूर्व बेलायती र दुई

Techie IT