Techie IT
२०८१ पुस ११, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालनिःशुल्क रगत उपलब्ध गराउँदै काठमाडौँ महानगरपालिका

निःशुल्क रगत उपलब्ध गराउँदै काठमाडौँ महानगरपालिका


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउन नेपाल रेडक्रस सोसाइटीसँग सम्झौता गरेको छ ।

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह र उपप्रमुख सुनिता डङ्गोलको रोहवरमा सोमबार कामपाका तर्फबाट स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल र नेपाल रेडक्रस सोसाइटीका तर्फबाट उपमहामन्त्री मनोजकुमार थापाले सो सम्झौता पत्रमा हस्ताक्षर गरे ।

यसअघि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन भइसकेको उल्लेख गर्दै प्रमुख साहले स्वास्थ्य सेवालाई सहज र पहुँचयुक्त बनाउन रगत तथा रक्ततत्व निःशुल्क उपलब्ध गराउन सम्झौता गरिएको बताए ।

उपप्रमुख सुनिता डङ्गोलले अब रगतका लागि सहज हुने बताइन् । कामपाका जनस्वास्थ्य विभाग प्रमुख पौडेलका अनुसार, उपलब्ध गराइने रगतको व्यवस्थापनका लागि रक्त सञ्चार सेवालाई रकम उपलब्ध गराइनेछ । यसका लागि प्रति युनिट रु एक हजार ६० र क्रस म्याच गराउनु परे थप रु दुई सय उपलब्ध गराइनेछ ।

सम्झौताअनुसार महानगरका वडाबाट रक्तदान कार्यक्रम आयोजना र अन्य रक्तदानका कार्यक्रममा खाजावापत प्रत्येक रक्तदातालाई रु दुई सय उपलब्ध गराइने छ । रेडक्रस सोसाइटीका अध्यक्ष सुदर्शनप्रसाद नेपालका अनुसार सम्झौता बमोजिम कामपाले पहिलो चरणमा रु तीन लाख उपलब्ध गराउनेछ ।

सेवा लिनका लागि कामपाको स्थायी बासिन्दा भएको प्रमाण पेश गर्नुपर्नेछ । नागरिकता, मतदाता परिचयपत्र, बसाइसराइको प्रमाणपत्र, जन्म दर्ता, विवाह दर्ता प्रमाणपत्रमध्ये कुनै एउटा पेश गर्नुपर्ने छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

राष्ट्रिय ज्येष्ठ नागरिक दिवस विभिन्न कार्यक्रमका साथ मनाइदै

काठमाडौँ । राष्ट्रिय ज्येष्ठ नागरिक दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइदै छ । २०५१ साल पुस ११ गते ज्येष्ठ नागरिकलाई

धनुषामा एक महिलाको हत्या, गाडेको अवस्थामा शव बरामद

जनकपुरधाम । धनुषामा एक महिलाको हत्या भएको छ । धनुषाको मिथिला नगरपालिका– ३ हरिहरपुरकी करिब ५० वर्षीया रेशमी देवी बिनको

जाजरकोट केन्द्रबिन्दु बनाएर बिहानै भूकम्प

काठमाडाैँ । जाजरकोट केन्द्रबिन्दु भएर आज (बिहीबार) बिहानै भूकम्प गएको छ। जाजरकोटको नायकवाडा आसपास केन्द्र बनाएर बिहान ६ बजेर ३३

संविधान संशोधन भोलिको पर्सि हुने कुरा होइन: गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले केही दिनभित्रै संयन्त्र बनाएर संविधान संशोधनको पहल सुरु गर्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित

रवि लामिछाने राज्य व्यवस्था समिति सदस्यबाट पनि निलम्बित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने राज्य व्यवस्था समिति सदस्यबाट पनि निलम्बित भएका छन् । लामिछाने

ट्रक दुर्घटनामा २ जनाको मृत्यु

तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–१ आँधीखोलामा आज (मंगलबार) बिहान इँटा बोकेको ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको

Techie IT