किरणको स्वर, भुगोलको संगीतमा रहेको ‘निर्णय’ सार्वजनिक
काठमाडौँ। गायक किरण पुन्जले नयाँ सांगीतिक सौगात ‘निर्णय’ सार्वजनिक गरेका छन्। प्रेमिल शैली यस गीतमा शब्द, संगीत भुगोल आर दाहालको रहेको छ भने गीतलाई राजेन्द्र वाइबा तामाङले संगीत संयोजन गरेका हुन्।
म्युजिक भिडियोमा बाल्यकालमा छुट्टिएका दुई मिल्ने साथीको कथामा आधारित छ। शहरबाट आफ्नो प्रिय साथीलाई सम्झेर खोज्दै फर्केको दृश्यहरु भिडियोमा समावेश गरिएको छ।
गायक पुन्ज र सबीना गिरीको भिडियोमा अभिनय रहेको छ। भिडियोमा नितेश लामा (नियोन)को छायाँकन, सम्पादन रहेको छ भने राजेन्द्र वाइबा तामाङको निर्देशन रहेको छ। भिडियो गायक पुञ्जको अफिसिएल च्यानल ‘किरण पुन्ज‘ मार्फत सार्वजनिक भएको हो।
झण्डै दुई दशकदेखि संगीतमा सक्रिय गायक पुन्जले प्रयाग संगीत विद्यालयबाट संगीत प्रभाकर गरेका हुन्। गायक पुन्ज २०६४ साल देखि संगीत शिक्षकको रुपमा समेत कार्यरत छन्। २०६६ सालमा किरण नामक एल्बम प्रकाशन गरेर चर्चामा आएका पुन्जले विभिन्न शास्त्रीय संगीतका कार्यक्रमहरूमा पनि गीत गाउँदै आइरहेका छन्।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । चितवन र हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको छायांकन ३६ दिनमा
काठमाडौँ । चलचित्र ‘कर्मा’को टाइटल गीत सार्वजनिक भएको छ । ‘कर्मा’ बोलको टाइटल गीतमा दुर्गेश थापाको स्वर छ । गीतमा
काठमाडौं । ‘पूर्णबहादुरको सारङ्गी’ ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (बक्सअफिस) मा ४६ करोड ८०
काठमाडौँ । एक समय थियो, जब डायरीका पानाहरूमा साथीभाई, आफन्तजन र प्रियजनका माया मिसिएका शब्दहरू कोरिन्थे, तिनै पानामा फोटोहरू टाँसिन्थे,
काठमाडौँ । नेपाली चलचित्र ‘डोरी’ नेपालभरका हलहरूमा सार्वजनिक प्रदर्शनमा आएको छ । देशभर करिब १२० शो सहित यो चलचित्र रिलिज
काठमाडौं । घरेलु बक्स अफिसमा सुपर हिट भएको चलचित्र ‘अञ्जिला’ले प्रदर्शनको १३ दिनमा ८ करोड ७० लाख रुपैयाँ ग्रस कलेक्सन