Techie IT
२०८२ वैशाख ६, शनिबार
NepaliPatra logo
गृहपृष्ठनेपालप्रधानमन्त्री प्रचण्ड बझाङ प्रस्थान

प्रधानमन्त्री प्रचण्ड बझाङ प्रस्थान


काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावित क्षेत्र अवलोकन गर्न बझाङ प्रस्थान गरेका छन्। प्रधानमन्त्री दाहाल नेपाली सेनाको हेलिकोप्टरबाट केही समयअघि बझाङ प्रस्थान गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्रीले भूकम्पले क्षति पुर्‍याएको क्षेत्रको अवलोकन गर्ने जिल्ला विपद व्यवस्थापन समितिसँग छलफल गर्ने कार्यक्रम तय भएको छ। प्रधानमन्त्री दाहालले बझाङ भूकम्प पीडितलाई राहत दिने प्रक्रिया तत्कालै सुरु हुने बताएका छन्।

बझाङको तालकोट र चैनपुर आसपास केन्द्रविन्दु भएर मंगलबार गएको भूकम्प र त्यसपछिका पराकम्पले जिल्लामा धनजनको क्षति पु्र्‍याएको छ। भूकम्पमा परी एकजनाको मृत्यु भएको छ भने करिब २५ जना घाइते भएका छन्। दर्जनौं घर भत्किएका छन्।

भूकम्परको पराकम्पहरू अझैं रोकिएका छैनन्। बिहीबार राति १०ः५२ र १२ः२४ बजे फेरि भूकम्पको धक्का भएको हो। भुकम्पबाट त्रसित बझाङबासी घर बाहिर खुल्ला चौर,मैदान र सडकमै रात बिताउन बाध्य छन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चैत्र महिनामा ११ सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तार

काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको

सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश

काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर

मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदै

म्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति

सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकियो

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण

डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइते

डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको

काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी

Techie IT