Techie IT
२०८२ वैशाख ६, शनिबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिराजेन्द्र लिङदेनको प्रश्नः राजा ज्ञानेन्द्रको कुन गतिविधिले लोकतन्त्रलाई अवरुद्ध पार्‍यो?

राजेन्द्र लिङदेनको प्रश्नः राजा ज्ञानेन्द्रको कुन गतिविधिले लोकतन्त्रलाई अवरुद्ध पार्‍यो?


काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले पूर्वराजा ज्ञानेन्द्रको कुन गतिविधिले लोकतन्त्र अवरुद्ध पारेको छ भनी प्रश्न गरेका छन्। राप्रपा संसदीय दलका नेता समेत रहेका लिङदेनले शुक्रवारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै त्यस्तो प्रश्न गरेका हुन्।

उनले जघन्य अपराधकर्ममा लागेकहरुलाई छोड्दा लोकतनत्र अवरुद्द नहुने तर राजा कहीँ कतै निस्कदैमा लोकतनत्र अवरुद्ध भयो भन्नु कति न्यायसंगत रहेको भनी प्रश्न पनि गरे।

‘राजावादीहरु धार्मिक सदभाव बिथोल्न लागेका छन्, त्यसलाई निगरानी गर्नुपर्यो, राजा ज्ञानेन्द्र पनि लोकतन्त्र विरोधी गतिविधिमा संलग्न भएका छन्, त्यसमा ध्यान दिनुपर्यो भनेर अनुरोध आईरहेको छ। कुन त्यस्तो गतिविधि रहेछ राजावादीहरूको जसले धार्मिक सहिष्णुता बिथोल्न लागेको छ,’ उनले भने ‘राजा ज्ञानेन्द्रको कुन त्यस्तो गतिविधि रहेछ जसले लोकतन्त्रलाई अवरुद्ध गरिराखेको छ र लोकतन्त्र विरोधी भएको छ त्यसको म जानकारी लिन चाहन्छु। त्यसको बारेमा प्रस्ट पार्न वक्ता साथीहरूलाई आग्रह गर्न चाहन्छु।’

उनले जघन्य हत्याका आरोपीहरूलाई जेलबाट छोड्ने, बालुवाटारको व्यक्तिको जग्गा व्यक्तिको नाममा बनाउने, नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने, क्विन्टलका क्विन्टल सुन तस्करी गरेर ल्याउने कामचाहिँ लोकतान्त्रिक हो? भन्दै प्रश्न समेत गरे।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

संविधानविरोधी गतिविधि स्वीकार्य छैनः गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधानविरोधी गतिविधि स्वीकार्य नभएको बताएका छन् । गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको पोखरामा उद्घाटन गर्दै उनले

अमेरिकी उपराष्ट्रपति जेडी भान्स भारत आउँदै

एजेन्सी । अमेरिकी उपराष्ट्रपति जेडी भान्स र उनकी श्रीमती उषा भान्स आगामी साता भारत भ्रमणमा आउने भएका छन । उनले

चैत्र महिनामा ११ सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तार

काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको

गाजामा ६ महिना हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासद्वारा अस्वीप्कार

एजेन्सी । गाजामा छ हप्ता युद्धविरामका लागि हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासले अस्वीकार गरेको छ । इजरायलको योजनाले युद्ध

सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश

काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर

मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदै

म्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति

Techie IT