Techie IT
२०८१ भदौ ३०, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपालउपचाररत माओवादी केन्द्रका सचिव आचार्यलाई प्रधानमन्त्रीले भेटे

उपचाररत माओवादी केन्द्रका सचिव आचार्यलाई प्रधानमन्त्रीले भेटे


काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वीर अस्पतालमा भर्ना भएर उपचाररत नेकपा माओवादी केन्द्रका सचिव डिलाराम आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले वीर अस्पताल पुगेर आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।

पार्टीको रुपान्तरण अभियान अन्तर्गत सुदूरपश्चिमका जिल्लामा क्रियाशील रहेको बेला आचार्य अस्वस्थ भएका थिए। त्यसपछि उनलाई नेपाली सेनाको हेलिकप्टरबाट बाँकेस्थित नेपालगञ्ज मेडिकल कलेज हुँदै बुधबार वीर अस्पताल ल्याएर भर्ना गरिएको थियो।

उपचारमा संलग्न चिकित्सकहरुका अनुसारमा उनमा दायाँ भाग नचल्ने र बोली ननिस्किने समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो।

स्वास्थ्य अवस्थाबारे जानकारी लिइसकेपछि प्रधानमन्त्री प्रचण्डले उपचारमा सम्भव भएसम्मका सबै उपाय अपनाउन चिकित्सकहरुलाई भनेका छन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

ब्रिटिस कलेज संयुक्त राष्ट्रको ग्लोबल कम्प्याक्टमा आबद्ध

काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी) संयुक्त राष्ट्रको ग्लोबल कम्प्याक्ट (यूएनजीसी)मा आबद्ध भएको छ । संयुक्त राष्ट्र संघको दिगो विकासका

प्रधानमन्त्री ओलीद्वारा राष्ट्र संघको महासभामा भाग लिने विषयमा सदनलाई जानकारी

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्र संघको ७९ औँ महासभामा नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै आफूले भाग लिने विषयमा आज

राष्ट्रपति पौडेलले गरे दुवै संसदको अधिवेशन अन्त्य

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्का दुवै सदनको अधिवेशन अन्त्य गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा उनले सोमबार (आज) मध्यराति १२ः००

राष्ट्रिय सभाका दुई समितिमा निर्वाचित सभापतिले लिए शपथ

काठमाडौँ । राष्ट्रिय सभाका सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र विधायन व्यवस्थापन समितिमा निर्वाचित सभापतिले शपथ लिएका छन् ।

राष्ट्रियसभाको विधायन व्यवस्थापन समिति सभापतिमा एमालेकी दाहाल निर्वाचित

काठमाडौँ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको सभापतिमा नेकपा एमालेकी तुलसाकुमारी दाहाल निर्वाचित भएकी छन्। निर्णायक बनेको जनता समाजवादी पार्टी(जसपा)को मत

इस्लाम धर्मका प्रवर्तक मोहम्मदको जन्मोत्सव मनाइँदै

काठमाडौँ । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको जन्मोत्सव अर्थात् ‘मोहम्मद जयन्ती’ नेपालका मुस्लिम समुदायले धूमधामका साथ मनाउदैछन् । पर्वका अवसरमा

Techie IT