गृहपृष्ठ ∕ राजनीति ∕ एमाले लुम्बिनी प्रदेशका नेता माओवादी केन्द्रमा प्रवेशएमाले लुम्बिनी प्रदेशका नेता माओवादी केन्द्रमा प्रवेश नेपाली पत्र बिहीबार, २०८० असोज १८ गते, ११:२३ मा प्रकाशित राजनीति काठमाडौँ । नेकपा (एमाले)का लुम्बिनी प्रदेश सचिवालय सदस्य शान्तिदेवी हरिजनसहितका नेता तथा कार्यकर्ता पार्टी परित्याग गरी नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरी उहाँहरु एमाले परित्याग गरी माओवादी केन्द्र प्रवेश गरेका हुन् ।माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री दाहालले एमाले लुम्बिनी सचिवालय सदस्य हरिजन, लुम्बिनी प्रदेश सदस्य रामविलास यादव, कपिलवस्तु जिल्ला सदस्य सन्दिप मौरिया, अधिकारकर्मी एवं प्राध्यापक सञ्जयकुमार पासीलगायत नेता कार्यकर्तालाई पार्टीमा स्वागत गरे ।हरिजन २०७० सालको संविधासभा सदस्य र यादव एमाले निकट किसान महासङ्घका केन्द्रीय सदस्य हुन् । उनीहरुलाई पार्टीमा स्वागत गर्दै प्रधानमन्त्री दाहालले मुलुकमा अस्थिरता निम्त्याउने शक्ति सल्बलाइरहेकाले उत्पीडित समुदाय एक हुनुपर्ने बताए । पिछडिएका तथा उत्पीडित वर्गको उत्थान, उचित सम्मान र राज्यका निकायमा सम्मानजनक प्रतिनिधित्व हुनुपर्छ भन्ने चाहेको बताए । पार्टीमा प्रवेश गर्नेलाई उचित जिम्मेवारी र भूमिका दिइने अध्यक्ष दाहालको भनाइ छ । #माओवादी केन्द्रग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार समाजवादी गणतन्त्रले जनताका चाहनालाई सम्बोधन गर्छः वर्षमान पुनम्याग्दी । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले समाजवादी गणतन्त्रले मात्रै जनताका चाहनालाई सम्बोधन गर्ने दावी गरेका छन् । नेकपा ललितपुरमा ‘इन्टेलिजेन्स ट्राफिक लाइट’ सञ्चालनमाललितपुर । ललितपुरमा ‘इन्टेलिजेन्स ट्राफिक लाइट’ सञ्चालनमा आएको छ । बाग्मती प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले पुल्चोकमा रहेकाे एमालेलाई जग्गा दान दिने मीनबहादुर गुरुङविरुद्धको रिट खारेजकाठमाडौँ । सर्वोच्च अदालतले नेकपा एमालेलाई जग्गा दान दिने भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङको निर्णयविरुद्धको रिट खारेज गरिदिएको छ सडक महोत्सव: ‘सडकमै खाऔँ, सडकमै रमाऔँ’काठमाडौं । रेष्टुरेन्ट एण्ड बार एशोसिएशन (रेबान) पोखराको आयोजनामा अङ्ग्रेजी नयाँ वर्षको अवसरमा २६औँ पोखरा सडक महोत्सव हुने भएको छ वर्तमान सत्ता गठबन्धनको उद्देश्य विकासमा गतिशीलता ल्याउनु होः मन्त्री गुरुङकाठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसको राजनीतिक गठबन्धनको मुख्य उद्देश्य एसिसी यु १९ महिला कप: पाकिस्तानलाई पराजित गर्दै सेमिफाइनलमा नेपालकाठमाडौं । एसिसी यु १९ महिला एसिया कपमा नेपालले सेमिफाइनलमा स्थान बनाएको छ । समूह चरणको पहिलो खेलमा पाकिस्तान यु१९धेरै पढिएका खबर १ रौतहटमा जीप दुर्घटना हुँदा चालक सहित एकै गाउँका आठ जनाको मृत्यु २ एक करोडभन्दा बढीको सुन, चाँदी र विदेशी मुद्रासहित कैलालीबाट तीन जना पक्राउ ३ चितवनमा बयान सकिए पछि रविलाई राति नै पोखरा पुर्याइयो ४ एक आर्थिक वर्षमा पाँच लाखलाई रोजगारी सिर्जना गर्नुपर्छ: गगन थापा ५ सभापति लामिछानेको निजी डायरी हिरासतबाटै गायब गरिएको रास्वपाको आरोप ६ विश्वमा नाम राख्नेगरी काम गर्छुः प्रधानमन्त्री ओली ७ भ्रष्टाचारविरुद्ध ऐक्यबद्धता जाहेर गर्दै माइतीघरमा प्रदर्शनThe Film Nepal