गृहपृष्ठ ∕ अर्थ ∕ तिङ्करमा नेपाल टेलिकमको मोबाइल सेवा सञ्चालनतिङ्करमा नेपाल टेलिकमको मोबाइल सेवा सञ्चालन नेपालीपत्र बुधबार, २०८० असोज १७ गते, १६:४८ मा प्रकाशित अर्थ | प्रबिधि काठमाडौँ। नेपाल टेलिकमले नेपालको उत्तर पश्चिमको अन्तिम बस्ती दार्चुलाको तिङ्करमा मोबाइल सेवा सञ्चालनमा ल्याएको छ। हिजो मङ्गलवारदेखि मोबाइल सेवा सञ्चालनमा आएपछि अब तिङ्कर क्षेत्रका नागरिकले सहजै मोबाइलमार्फत फोन गर्न सक्ने भएका छन्।चीनको सिमानासँग जोडिएको दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर १ मा रहेको तिङ्करमा नेपाल टेलिकमले भीस्याट प्रविधिमार्फत टुजी प्रविधिको सेवा सञ्चालनमा ल्याएको हो। कम्पनीले यसका लागि आवश्यक सामग्री कैलालीको अत्तरिया र दार्चुलाको छाङरुबाट हेलिकप्टरमा तिङ्कर पुर्याएको थियो। अब सीमा क्षेत्रको सुरक्षामा खटिएका सशस्त्र प्रहरी बल र इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी तथा पर्यटकसमेत सञ्चारको सहज पहुँचमा पुगेका छन्।तिङ्करमा अहिलेसम्म विकासका कुनै पूर्वाधार बनेका छैनन्। तीन हजार सात सय मिटर उचाइमा रहेको तिङ्कर भारतसहितको त्रिदेशीय सिमाना जोडिएको स्थान छाङरुबाट १२ किलोमिटर र सदरमुकाम खलङ्गाबाट ८० किलोमिटर दूरीमा छ। तिङ्करबाट आठ किलोमिटर हिँडेपछि चीनको सिमानाको १ नम्बर पिलर पुग्न सकिन्छ। #नेपाल टेलिकमग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार विद्युतीकरणपछि चन्द्रनगरका किसान मकैखेतीतर्फ आकर्षितसर्लाही। चन्द्रनगर गाउँपालिकाका किसान विद्युतीकरणपछि मकैखेतीतर्फ आकर्षित भएका छन् । सिँचाइ सुविधा नभएपछि यहाँका किसानले अकासे पानीको भरमा खेती गर्दै डिशहोमले इजभिजको वाइफाइ आइपी क्यामेरा बिक्री गर्नेकाठमाडौँ । इन्टरनेट सेवा प्रदायक डिशहोम इन्टरनेटले ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै इन्टरनेटसँगै सुरक्षा निगरानीका लागि वाइफाइ आइपी क्यामेरा पनि उपलब्ध नेप्सेकाे सीईओमा चूडामणि चापागाईं नियुक्तकाठमाडाैँ । नेपाल स्टक एक्सचेन्स (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चूडामणि चापागाईं नियुक्त भएका छन् । नवनियुक्त सीईओ वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालनको जिम्मेवारी भारतीय कम्पनीलाईपर्सा । पर्साको वीरगञ्ज सुक्खा बन्दरगाहको व्यवस्थापन र सञ्चालनको जिम्मेवारी भारतीय कम्पनी प्रिस्टिन मेगा लजिष्टिक पार्क प्रालिले पाएको छ । डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घट्योकाठमाडौं । नेपाल आयल निगमले डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले सोमबार मध्यरातदेखि आँबुखैरेनीका तीन सडक धमाधम स्तरोन्नति हुँदैतनहुँ । आँबुखैरेनी गाउँपालिकाका मा तीन वटा ग्रामीण सडकको धमाधम स्तरोन्नतिको भइरहेको छ । तीनवटै सडकको काम अन्तिम चरणमा पुगेकोधेरै पढिएका खबर १ थापाको ‘आमा नभएको घर’ प्रकाशित २ नेपाली कांग्रेस भित्रकाे अन्तर्संघर्ष र अबकाे बाटाे ३ गाजाको विद्यालयमा इजरायलले गरेको आक्रमणमा २७ जनाको ज्यान गयो ४ रवि लामिछाने कारागार चलान ५ वायुमा प्रदूषण उच्च: अनावश्यक यात्रा नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध ६ नेपाल विद्युत प्राधिकरणले शनिबार बिहान काठमाडौँका विभिन्न स्थानमा विद्युत आपूर्ति बन्द गर्ने ७ काठमाडौं महानगरपालिकाले ल्यायो घुम्ती खाद्य प्रयोगशाला सञ्चालनThe Film Nepal