Techie IT
२०८१ पुस ४, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअर्थनेपाल टेलिकमद्वारा टिङ्करमा मोबाइल सुविधा

नेपाल टेलिकमद्वारा टिङ्करमा मोबाइल सुविधा


काठमाडौँ। नेपाल टेलिकमले नेपालको उत्तर पश्चिमको सुदूरबस्ती टिङ्करमा मोबाइल सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले मंगलबारदेखि मोबाइल सेवा सञ्चालनमा ल्याएपछि अब सो क्षेत्रका जनताले सहजरुपमा आफ्नै मोबाइलमार्फत टेलिफोन गर्न सक्ने भएका छन्।

चीनको सिमानासँग जोडिएको दार्चुलाको व्यास गाउँपालिका–१ मा अवस्थित उत्तर पश्चिमी नाका टिङ्करमा नेपाल टेलिकमले भीस्याट प्रविधिमार्फत टुजी प्रविधिको सेवा सञ्चालनमा ल्याएको नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए। कम्पनीले यसका लागि आवश्यक सामग्री कैलालीको अत्तरिया र दार्चुलाको छाङरुबाट टिंकर पुर्याएको थियो।

पहिले सो क्षेत्रमा भीस्याट प्रविधिका दुई लाइन टेलिफोन सञ्चालनमा थिए। अब भने टिङ्कर क्षेत्रमा रहेका करिव पाँच सय सेवाग्राहीले आफ्नै मोबाइलबाट कुराकानी गर्न सक्ने छन्। यो बाहेक सो क्षेत्रमा अवस्थित सशस्त्र प्रहरी बल र इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी तथा सो क्षेत्रमा आउने पर्यटकसमेत यसबाट लाभान्वित हुनेछन्।

करिब तीन हजार ७०० मिटरको उचाईमा अवस्थित टिङ्कर भारतसहितको त्रिदेशीय सिमाना जोडिएको स्थान छाङ्रुबाट करिब १२ किलोमिटर र सदरमुकाम खलङ्गाबाट करिब ८० किलोमिटर दुरीमा अवस्थित छ। त्यहाँबाट करिब आठ किलोमिटर हिँडेपछि चीनको सिमानास्थित १ नम्बर पिलर पुग्न सकिन्छ।

नेपाल टेलिकमले प्रतिफल कम आउने र तुलनात्मकरुपमा लगानी बढी हुने स्थानसमेतमा समानरुपमा दूरसञ्चार सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै टिङ्करसमेतमा सेवा सञ्चालनमा ल्याएको उनले बताए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एनएमबि बैंकको पोखरामा वित्तीय साक्षरता कार्यक्रम

काठमाडौँ । एनएमबि बैंकले संयुक्त राज्य अमेरिकाको एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्ट युएसएआइडीसँगको सहकार्यमा पोखरामा साना तथा मझौला उद्यम तथा लघु,

बाजुराको एक सामुदायिक विद्यालयलाई ईसेवाको सहयोग

काठमाडौँ । ईसेवा मनी ट्रान्सफरले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पार्वती माध्यमिक विद्यालय, बाजुरालाई सहयोग हस्तान्तरण गरेको छ। काठमाडौं, ईसेवा

शेयर बजार सामान्य घट्याे

काठमाडाैँ । शेयर बजार आज सामान्य घटेकाे छ । शेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव ६० अङ्कले घटेर दुई

‘घुम्न जाऔँ बर्दिया’ कार्यक्रम हुँदै

बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिका–९ ठाकुरद्वारामा पर्यापर्यटनको प्रवर्द्धन तथा प्रचारप्रसारका लागि ‘घुम्न जाऔँ बर्दिया’ कार्यक्रम भोलिदेखि शुरू हुने भएको छ

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको हो । यस दिन

किसानलाई किबी भन्दा अलैँचीबाट अधिक फाइदा

इलाम । “अब किबी उखेलेर अलैँची नै लगाउने हो”, मकैबारी मासेर किबी लगाएका किसान विनोद खतिवडाले भने । सात देखि

Techie IT