गृहपृष्ठ ∕ नेपाल ∕ यो वर्षको विजयादशमीको टिकाको साइत कति बजे छ ?यो वर्षको विजयादशमीको टिकाको साइत कति बजे छ ? नेपालीपत्र मंगलबार, २०८० असोज १६ गते, १८:५९ मा प्रकाशित नेपाल काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दसैँको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे रहेको छ ।यस वर्षको बडादसैँ अर्थात् दुर्गा पक्षको सुरुआत भने असोज २८ गते आइतबार हुनेछ । जसलाई नवरात्रारम्भ पनि भनिन्छ । त्यस दिन बिहान ११ः२९ बजे घटस्थापना गर्ने साइत रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए ।घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले दुवैको शान्ति गरेर घटस्थापना गर्नु शास्त्रसम्मत् हुने पनि उनले बताए । कात्तिक ७ गते विजयादशमीका दिन बिहान १०ः३७ बजे देवी विसर्जनको साइत रहेको छ । देवी विसर्जन सकेपछि दुर्गाको प्रसाद ग्रहण गर्न दिनभर कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ः०२ बजेको साइत दिइएको समितिले जनाएको छ ।गत साउन महिनामा अधिकमास परेका कारण यस वर्ष असोज अन्तिमदेखि नेपालीको महान् पर्व बडादसैँ सुरु हुँदैछ । कात्तिक पहिलो साता बडादसैँको मुख्य दिनअर्थात् विजयादशमी परेको छ । कात्तिक ११ गते कोजाग्रत पूर्णिमा मनाएपछि १५ दिन लामो बडादसैँ पर्व समाप्त हुन्छ । ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार हरिचोक–याम्दी सडक स्तरोन्नतिको काम तीव्रगण्डकी । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अन्तर्गत कास्कीको हरिचोक–याम्दी खण्डको स्तरोन्नतिको काम तीव्र गतिमा भइरहेको छ । हाल कालोपत्रका चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढीनवलपुर । चितवन राष्ट्रिय निकुञ्जमा ७२ हजार पर्यटकले भ्रमण गर्दा १० करोड बढी राजस्व रकम सङ्कलन भएको छ । चालु झापामा शून्य खनजोत प्रविधि बाट मकैखेतीझापा । झापामा शून्य खनजोत प्रविधि बाट मकैखेती गरिएको छ । कृषकलाई यन्त्र उपकरणको प्रयोग प्रदर्शनी कार्यक्रम अन्तर्गत यहाँको तीन मनाङमा भूकम्पको धक्काकाठमाडौं । मनाङमा भूकम्प गएको छ । आज बिहान ७ : ३७ बजे मनाङको नेस्याङ केन्द्र बनाएर ४.७ म्याग्निच्युडको भूकम्प स्रोत नखुलेको ६८ लाख रुपैयाँसहित काठमाडाैँबाट चार जना पक्राउकाठमाडाैँ । काठमाडाैँबाट प्रहरीले स्रोत नखुलेको ६८ लाख रुपैयाँसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडाैँ महानगरपालिका–३२ दोभानपुलका त्रि.वि.को जग्गा छानबिन समितिकाे प्रतिवेदन कार्यान्वयन गछौँ: शिक्षामन्त्री भट्टराईकाठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति छानबिन समितिले दिएको प्रतिवेदनको कार्यान्वयन गर्ने पक्षमाधेरै पढिएका खबर १ रौतहटमा जीप दुर्घटना हुँदा चालक सहित एकै गाउँका आठ जनाको मृत्यु २ जाजरकोटमा जीप पल्टिँदा पाँच जनाको ज्यान गयो ३ ठगिएकाको चिन्ता नगरी अनुसन्धान प्रभावित गर्ने कुरा राम्रो होइन्: गृहमन्त्री लेखक ४ जनकपुर बोल्ट्स सुदूरपश्चिम रोयल्ससँग ७२ रनले पराजित ५ एक आर्थिक वर्षमा पाँच लाखलाई रोजगारी सिर्जना गर्नुपर्छ: गगन थापा ६ आजदेखि काठमाडौँका विभिन्न स्थानमा पुष ५ गतेसम्म ४ घण्टा विद्युत् अवरुद्ध हुने ७ उपप्रधान एवं शहरी विकास मन्त्री सिंह बञ्चरेडाँडामाThe Film Nepal