गृहपृष्ठ ∕
खेल ∕
नेपाली क्रिकेट टिमलाई प्रधानमन्त्री प्रचण्डले दिए बधाई नेपाली क्रिकेट टिमलाई प्रधानमन्त्री प्रचण्डले दिए बधाई
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली क्रिकेट टिमलाई बधाई दिएका छन्। चीनमा जारी १९औँ एसियाली खेलकुदमा नेपाली क्रिकेट टिमले देखाएको प्रदर्शनप्रति प्रधानमन्त्रीले बधाई दिएका हुन्।
प्रधानमन्त्री प्रचण्डले मंगलबार सामाजिक सञ्जालमार्फत एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालले मंगोलिया र माल्दिभ्सविरुद्ध कीर्तिमानी जित निकालेको र भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका बताउँदै टिमलाई बधाईसहित धन्यवाद दिए।
‘१९औँ एसियाली खेलकुद प्रतियोगितामा मंगोलिया र माल्दिभ्ससँगको प्रतिस्पर्धामा कीर्तिमानसहित प्राप्त गरेको सफलताप्रति हार्दिक बधाई। साथै, आज बिहान भारतसँग भएको खेलमा उत्कृष्ट प्रदर्शनका लागि नेपाली क्रिकेट टिमलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु,’ प्रचण्डले सामाजिक सञ्जालमा लेखेका छन्।
मंगलबार चीनको झेजाङ प्राविधिक विश्वविद्यालयको खेल मैदानमा भएको खेलमा नेपाली टिम भारतसँग २३ रनले पराजित हुँदै पुरुष क्रिकेटको क्वार्टरफाइनलबाट बाहिरिएको थियो।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग
काठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का
काठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा
काठमाडौं । ललितपुर महानगरपालिकाको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि शुरु हुने भएको छ
काठमाडाैँ । १३औं दक्षिण एशियाली खेलकुद सागका स्वर्ण विजेता करातेका खेलाडी विप्लवलाल श्रेष्ठले सन्नयास घोषणा गरेका छन् । गएको वर्ष
बागलुङ । बागलुङमा ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । चार जना भुतपूर्व बेलायती र दुई