Techie IT
२०८२ वैशाख ७, आईतबार
NepaliPatra logo
गृहपृष्ठअर्थप्रभु बैंकको क्यूआर कोडमा स्मार्ट अडियो अलर्ट डिभाइस जडान

प्रभु बैंकको क्यूआर कोडमा स्मार्ट अडियो अलर्ट डिभाइस जडान


काठमाडौँ। प्रभु बैंक लिमिटेडले डिजिटल बैंकिङ सेवा अन्तर्गत क्यूआर कोडमार्फत वित्तीय कारोबार गर्दा भुक्तानी भएको व्यहोरा आवाजबाटै तत्काल जानकारी दिने विशेषता सहितको स्मार्ट अडियो अलर्ट डिभाइस सञ्चालनमा ल्याएको छ।

प्रभु बैंकको क्यूआर कोड भुक्तानी प्रणालीमा आबद्ध भएका मर्चेण्टहरूसँग रहेको क्यूआर कोड मार्फत सेवाग्राहीले भुक्तानी गर्दा एसएमएस वा इमेल अलर्ट आउने गरेकोमा अब त्यसको अतिरिक्त स्मार्ट अडियो अलर्ट डिभाइसबाट कारोबार सफल हुने वित्तिकै सम्बन्धित ग्राहकले भुक्तानी गरेको रकम आवाजबाट निश्चित हुने सुविधा थप भएको छ।

डिजिटल बैंकिङलाई थप सहज, सरल र सुरक्षित बनाउने उद्देश्यका साथ यो डिभाइसको सुरुवात गरेको बैंकले जनाएको छ।

यस नवीनतम् प्रविधिमा आधारित स्मार्ट अडियो अलर्ट डिभाइसमा रहेको क्यूआर कोडमार्फत भुक्तानी गर्नासाथ मर्चेण्ट तथा ग्राहकहरूले रकम भुक्तानी सफलता पूर्वक भएको सूचना आवाज मार्फत तत्काल प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

प्रभु बैंकले फोनपे पेमेन्ट सर्भिसेस लिमिटेडसँगको सहकार्यमा ल्याएको यस डिभाइसमा फोनपे नेटवर्कमा आवद्ध क्यूआर कोडमा भुक्तानी गर्दा मौखिक जानकारी प्राप्त हुनेछ।

फोनपे नेटवर्कमा पहिलो पटक उपलब्ध यस सुविधा नेपाल क्लियरिङ हाउस लिमिटेडको नेपाल पे नेटवर्कमा आवद्ध क्यूआरमा भने यस अघिदेखि नै व्यवस्था मिलाइ सकिएको बैंकले जनाएको छ।

क्यूआर कोडमा आधारित भुक्तानीको तत्काल प्रमाणीकरण गरेर डिजिटल भुक्तानीमा विश्वसनीयता कायम गर्न मद्दत गर्ने मात्र नभई समग्र डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न यो सेवा थप विश्वसनीय सावित हुने बैंकले विश्वास लिएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

संविधानविरोधी गतिविधि स्वीकार्य छैनः गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधानविरोधी गतिविधि स्वीकार्य नभएको बताएका छन् । गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको पोखरामा उद्घाटन गर्दै उनले

विद्युतीकरणपछि चन्द्रनगरका किसान मकैखेतीतर्फ आकर्षित

सर्लाही। चन्द्रनगर गाउँपालिकाका किसान विद्युतीकरणपछि मकैखेतीतर्फ आकर्षित भएका छन् । सिँचाइ सुविधा नभएपछि यहाँका किसानले अकासे पानीको भरमा खेती गर्दै

नेप्सेकाे सीईओमा चूडामणि चापागाईं नियुक्त

काठमाडाैँ । नेपाल स्टक एक्सचेन्स (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चूडामणि चापागाईं नियुक्त भएका छन् । नवनियुक्त सीईओ

वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालनको जिम्मेवारी भारतीय कम्पनीलाई

पर्सा । पर्साको वीरगञ्ज सुक्खा बन्दरगाहको व्यवस्थापन र सञ्चालनको जिम्मेवारी भारतीय कम्पनी प्रिस्टिन मेगा लजिष्टिक पार्क प्रालिले पाएको छ ।

डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले सोमबार मध्यरातदेखि

आँबुखैरेनीका तीन सडक धमाधम स्तरोन्नति हुँदै

तनहुँ । आँबुखैरेनी गाउँपालिकाका मा तीन वटा ग्रामीण सडकको धमाधम स्तरोन्नतिको भइरहेको छ । तीनवटै सडकको काम अन्तिम चरणमा पुगेको

Techie IT