Techie IT
२०८१ पुस ४, बिहीबार
NepaliPatra logo
गृहपृष्ठखेलटी–२० आई मा नेपालको सर्वाधिक रनको विश्व कीर्तिमान, कुशल र दिपेन्द्रको पनि रेकर्ड

टी–२० आई मा नेपालको सर्वाधिक रनको विश्व कीर्तिमान, कुशल र दिपेन्द्रको पनि रेकर्ड


काठमाडौँ । नेपालले १९ औं एसियाली खेलकुदमा मंगोलियालाई ३ सय १५ रनको विश्व कीर्तिमानी लक्ष्य दिएको छ । चीनको हांग्जाउमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै ३ सय १४ रन बनायो ।

यो टि२० इतिहासकै उच्च योगफल हो । यसअघि अफगानिस्तान र चेक रिपब्लिकनले समान २ सय ७८ रन बनाएका थिए ।

यस्तै, नेपालका कुशल मल्लले ३४ बलमै शतक प्रहार उनी टि२० आई इतिहासमा सर्वाधिक छिटो शतक प्रहार गर्ने ब्याटर बनेका छन् । यसअघि टि२० आईमा सर्वाधिक छिटो शतक ३५ बलमा थियो ।

अर्कोतर्फ दीपेन्द्रसिंह ऐरीले ९ बलमै अर्धशतक पूरा गर्दै विश्वकीर्तिमान बनाए । उनले भारतीय ब्याटर युवराज सिंहको १२ बलको कीर्तिमान तोडेका हुन् ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

यू–१९ महिला क्रिकेट: आज नेपाल श्रीलंका भिडदै

काठमाडौं । मलेसियामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटको सुपर फोरमा आज (बिहीबार) नेपालले श्रीलंकाको सामना गर्दैछ । मलेसियाको बायुमास

जनकपुरलाई हराउँदै सुदूरपश्चिम एनपीएलकाे फाइनलमा

काठमाडाैँ । जनकपुर बाेल्ट्सलाई हराउँदै सुदूरपश्चिम राेयल्स पहिलाे संस्करणकाे नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटकाे फाइनलमा पुगेकाे छ । आज भएकाे

चितवनलाई २१ रनले हराउँदै कर्णाली दोस्रो क्वालिफायरमा प्रवेश

काठमाडौँ । चितवन राइनोजलाई हराउँदै कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । कर्णालीले चितवनलाई २१

एनपीएलकाे विजेताले १ कराेड १० लाख रुपैयाँ पुरस्कार पाउने

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको विजेता टोलीले एक करोड १० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ । नेपाल

एसिसी यु १९ महिला एसिया कपमा नेपाल सुपर ४ मा

काठमाडाैँ । १९ वर्षमुनिकाे महिला एशिया कप कप क्रिकेटमा नेपाल र भारतबीचकाे खेल वर्षाका कारण रद्द भएकाे छ । नेपालले

यू-१९ महिला एसिया कपमा नेपालले आज भारत सँग खेल्दै

काठमाडौं । उन्नाइस वर्ष मुनिको महिला एशिया कप क्रिकेटमा नेपालले आज (मंगलबार) भारत सँग खेल्दैछ । मलेसियाको बायुमास ओभलमा नेपालले

Techie IT