Techie IT
२०८१ माघ २६, शनिबार
NepaliPatra logo
गृहपृष्ठअर्थआईएमईमार्फत पठाएको पैसा अब सजिलै शाइन रेसुङ्‍‍गा डेलपमेन्ट बैंकबाट प्राप्त गर्न सकिने

आईएमईमार्फत पठाएको पैसा अब सजिलै शाइन रेसुङ्‍‍गा डेलपमेन्ट बैंकबाट प्राप्त गर्न सकिने


काठमाडौँ। शाइन रेसुङ्‍‍गा डेभलपमेन्ट बैंक लिमिटेडले आईएमई लिमिटेडसँगको सहकार्यमा आफ्नो मोबाइल बैंकिङ एपमा आईएमई रेमिट्यान्स सुविधालाई एकीकृत गरेको छ।

ग्राहकहरूले अब कुनै पनि समयमा आईएमई रेमिट्यान्सको रकम सिधै आफ्नो बैंक खातामा प्राप्त गर्न सक्नेछन्।

आधुनिक बैंकिङलाई आत्मसाथ गर्दै डिजिटल बैंकिङलाई प्राथमिकतामा राखेको यस बैंकले ग्राहकलाई बैंकमा उपस्थित नभइकन पनि अनलाइनबाटै रेमिट्यान्स रकमको भुक्तानी लिन सकिने यस व्यवस्थाले धेरै नै लाभान्वित हुने विश्वास बैंकले लिएको छ।

यसअघि शाइन रेसुङ्‍‍गा डेभलपमेन्ट बैंकले आफ्नो मोबाइल बैंकिङ एपमा इसेवा रेमिट्यान्स (ईएमटी) सेवालाई पनि एकीकृत गरेको थियो, जसले गर्दा ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एपमार्फत रेमिट्यान्स प्राप्त गर्न सक्दथे।

आगामी दिनहरुमा शाइन रेसुङ्‍‍गा डेभलपमेन्ट बैंक लिमिटेडले अन्य रेमिट्यान्स सेवाहरु पनि एकीकृत गर्ने योजना बनाएको छ।

सन् २००१ मा स्थापित आईएमई विप्रेषण सेवा प्रदायक नेतृत्वदायी रेमिट्यान्स कम्पनी हो। जसले आजभन्दा २२ वर्ष अघि औपचारिक माध्यामबाट पहिलोपटक नेपालमा विदेशी मुद्रा भित्र्याउने कार्यको थालनी गरेको थियो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

छ महिनामा छ खर्ब ६७ अर्ब ६० करोड खर्च

काठमाडौँ । चालु आर्थिक वर्षको छ महिनामा छ खर्ब ६७ अर्ब ६० करोड ७८ लाख बजेट खर्च भएको छ ।

समस्या झेल्दै ‘भोजपुरे खुकुरी’ उद्योग

भोजपुर। पूर्वी पहाडी जिल्ला भोजपुर खुकुरी व्यवसायका लागि प्रख्यात छ । यहाँ बनेको खुकुरीको नेपालभित्र मात्र होइन, देशबाहिर पनि त्यतिकै

तल्लो सोलु हाइड्रो निर्माणको अन्तिम चरणमा

सोलुखुम्बु। जिल्लाको तिङ्ला क्षेत्रमा निर्माणाधीन ८२ मेगावाट क्षमताको तल्लो सोलुखोला हाइड्रोपावर निर्माणको अन्तिम चरणमा पुगेको छ । आयोजनाको भौतिक प्रगति

लाहाखेतीबाट मनग्य आम्दानी गर्न सकिन्छ

मोरङ । झापा गौराहदका डम्बर विश्वकर्माले झापा गौराहदमा २०७५ साल देखि पाँच बिघा जमिन भाडामा लिई सेमियलताका बिरुवामा लाहाखेती गर्दै

नेपाली बजारमा सामसङ ग्यालेक्सी एस २५ सिरिजको प्रि-बुकिङ शुरु

काठमाडौं । नेपाली बजारमा सामसङ मोबाइलको ग्यालेक्सी एस २५ सिरिजको प्रि–बुकिङ शुरु भएको छ । बिहीवार आयोजित एक कार्यक्रममा पूर्व

राजस्व चुहावट कसुरमा मुद्दा दायर

लुम्बिनी । राजस्व अनुसन्धान विभागले राजस्व अनुसन्धान कार्यालय बुटवल मार्फत बुटवल उपमहानगरपालिका–५ नेपालगञ्जरोड स्थित अलिम इन्टरप्राइजेजका सञ्चालक अलिम मियाँ विरुद्ध

Techie IT