गृहपृष्ठ ∕ राजनीति ∕ प्रधानमन्त्री दाहाल बेइजिङमाप्रधानमन्त्री दाहाल बेइजिङमा नेपालीपत्र आईतबार, २०८० असोज ७ गते, १२:२४ मा प्रकाशित राजनीति file-rssकाठमाडौँ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बेइजिङ पुगेका छन् । चीनको औपचारिक भ्रमणका लागि शनिबार हाङ्जाउ पुगेका प्रधानमन्त्री दाहाल आज स्थानीय समयअनुसार विहान ११ बजे बेइजिङ पुगेका हुन् ।प्रधानमन्त्री दाहालले आज बेइजिङमा हुने नेपाल–चीन बिजनेस समिटलाई सम्बोधन गर्नेछन् । चीनस्थित नेपाली राजदूतावासको समन्वय तथा नेपाल उद्योग वाणिज्य महासङ्घ र चिनियाँ उद्योगी व्यवसायीहरूको संस्था सिसिपिआइटीले सम्मेलनको आयोजना गरेका हुन् ।उक्त लगानी सम्मेलनमा नेपाल र चीनका एक सयभन्दा बढी उद्योगी–व्यवसायी सहभागी हुनेछन् । सम्मेलनका क्रममा नेपाल र चीनबीच लगानीका क्षेत्र पहिचान गर्नुका साथै नेपालमा लगानी प्रवर्द्धनका विषयमा आवश्यक छलफल हुनेछ ।चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले प्रधानमन्त्री दाहाल र चीन भ्रमणमा रहेको नेपाली प्रतिनिधिमण्डलको सम्मानमा आज बेइजिङमा रात्रिभोजको आयोजना गर्नेछन् । #प्रचण्डग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार यस्तो छ उप-निर्वाचनको मतपत्रकाठमाडौं । मंसिर १६ गते हुने स्थानीय तह उप-निर्वाचनका लागि मतपत्र छपाइको काम सकिएको निर्वाचन आयोगले जनाएको छ । केही धरहरा व्यवसायिक रुपमा खुलाकाठमाडौं । काठमाडौंको ऐतिहासिक धरहरा चढ्दा र पार्किङ गर्दा आज (आइतबार) बाट शुल्क तिर्नुपर्ने भएको छ । संंविधान दिवस देखि चिकित्सा शिक्षा आयोगको बैठक बस्दैकाठमाडौं । चिकित्सा शिक्षा आयोगको बैठक आज (आइतबार) प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । चिकित्सा शिक्षा आयोगका अध्यक्ष तथा प्रधानमन्त्री के.पी. इनास र संसरा बर्लिनद्वारा काभ्रेपलाञ्चोकका बाढीपीडितलाई राहतकाभ्रेपलाञ्चोक । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) र संसरा बर्लिनद्वारा काभ्रेपलाञ्चोकका बाढीपहिरोपीडित परिवारलाई राहत सहयोग प्रदान गरिएको छ ।इनास र बीआरआई अन्तर्गत चीनसँग अनुदान सहायता लिँदा राम्रो: काँग्रेस प्रवक्ता महतकाठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले चीनको बीआरआई (बेल्ट एण्ड रोड इन्सिएटिभ) परियोजना अन्तर्गत ऋण सहायता लिन सरकार ०८४ सम्म जान्छ: ओलीकाठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस र एमालेको सहकार्य ०८४ सम्म हुने बताएका छन् । उनले काठमाडौँमा भएको कार्यक्रमलाईधेरै पढिएका खबर १ पूर्वसभामुख ढुङ्गानाको राजकीय सम्मानका साथ अन्त्येष्टि २ दार्चुला दुर्घटना: मृतकको संख्या ७ पुग्यो, ६ जनाको अवस्था गम्भीर ३ रुकुम पूर्वमा सत्तारुढ दल नेकपा एमाले र नेपलीा कांग्रेसबीच चुनावी तालमेल ४ तीन महिनामा भित्रियो ४ खर्ब ७ अर्ब रेमिट्यान्स ५ कांग्रेस सांसद बजगाईंले मन्त्री पाण्डेमाथि लगाएको आरोप फिर्ता लिदै क्षमा मागे ६ कीर्तिपुरको मेयरमा नेसपाका महर्जनद्वारा उम्मेदवारी दर्ता ७ नेपालबाट आज पहिलो पटक बङ्गलादेशमा बिजुली निर्यात हुँदैThe Film Nepal